– कृष्ण खनाल
बुटवल । नजिकिदै गरेका चाडपर्वमा हुने दुर्घटना न्यूनीकरणका लागि भैरहवामा एक हप्ते प्रशिक्षण शुरु भएको छ । सिद्धार्थ यातायात ब्यबसायी समिति भैरहवाको आयोजनामा सोमवारबाट प्रशिक्षण शुरु भएको हॊ । प्रशिक्षणको उद्धघाटन गर्दै रुपन्देहीका प्रहरी उपरिक्षक हरिबहादुर पालले दुर्घटना न्यूनी करणका लागि प्रशिक्षण महत्पूर्ण हुनॆ बताए । उनले धेरैजसो दुर्घटना जनचेतनाको कमी ट्राफिक नियमको उल्लंघन मादक पदार्थ सेवन तथा तिव्र गतिमा सवारी चलाउदा हुने भन्दै यातायात मजदुरहरुलाई संमयमताका साथ सवारी चलाउन आग्रह गरे ।
सिद्धार्थ यातायात ब्यबसायी समितिका अध्यक्ष दिपकराज शर्माले दुर्घटना न्यूनीकरणका लागि आफुरुले सवारी चालक तथा मजदुरहरुलाई नियमित रुपमा प्रशिक्षण दिने जानकारी गराउदै दुर्घटना न्यूनीकरण सम्वन्धी प्रशिक्षण नलिएका र मादक पदार्थ सेवन गरेकाहरुलाई समिति मातहतका सवारी साधन चलाउन नदिने घोषणा गरे । उनले त्यसको लागि समितिले नया परिचय पत्र लागु गरेको बताए । सो परिचयपत्र दुर्घटना न्यूनीकरण सम्वन्धी तालिम लिएकालाई मात्र दिईने छ । प्रशिक्षणमा ५० जना भन्दा बढी सवारी चालकहरु सहभागी छन् ।
ट्राफिक प्रहरी र समितिका पदाधिकारीहरुले प्रशिक्षण दिएका छन् । कार्यक्रममा समितिका दुर्घटना विभागका राम बहादुर पौडेल सचिव भोजराज पाण्डेक्षेत्री निर्देसन समितिका जगदिश गुप्ता सल्लाहकार निधान चन्द्र श्रेष्ठलगायतले बोलेका थिए ।
यसैविच समितिले दुईहप्ता अघि सरुवा भई रुपन्देही आएका प्रहरी प्रमुख पाललाई स्वागत समेत गरेको छ ।