दुई पक्षबीच भएको भिडन्तमा अरु दुईजना युवक पनि घाइते भएको एप्पल डेलिले जनाएको छ । उनीहरुको चुन मुन अस्पतालमा उपचार भइरहेको जनाईएको छ । घाईतेहरुको नाम सार्वजनिक नगरिए पनि एक जना २० वर्षीय मगर र अर्को २५ वर्षीय गुरुङ रहेको एप्पल डेलीले जनाएको छ।
पारिवारिक स्रोतको भनाई उदृत गर्दै एप्पल डेलीले लेखेको छ- अनुप नेपाल गएर करीव ३ महिनाअघि मात्र हङकङ फर्किएका थिए । उनी आफ्ना परिवारसंग युके (बेलायत) जाने तयारी गर्दै थिए ।
समाचार स्रोतका अनुसार करीव २० जना साथीहरुसंग बास्केट बल कोर्टमा रहेका बेला अर्को समूहले एक्कासी अनुपलगायत उनका साथीहरुमाथि आक्रमण गरेका थिए।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले २० देखि २५ वर्षसम्मका ५ जना युवकहरुलाई पक्राउ गरेको छ।



