दशैँ नजिकिँदै गर्दा उपत्यकामा चोरीका घटना बढ्न थाले

काठमाडौँ – दशैँ नजिकिँदै गर्दा उपत्यकामा चोरीका घटना बढ्न थालेको छ।  यसै क्रममा काठमाडौँ महानगरपालिका-१८ ढल्कु डेरा गरी बस्ने रामेछाप जिल्ला घर भएका केदार रायको कोठामा हिजो सुनका गहना चार तोला चोरी भएको छ। 


  प्रहरीका अनुसार कोठामा कोही नभएको अवस्थामा नगद २० हजार रुपियाँ र गहना गरी गरी करिब २ लाख ६० हजार रुपियाँ बराबरको धनमाल चोरी भएको छ।


त्यसैगरी काठमाडौँ महानगरपालिका-३४ शान्तिनगर बस्ने राजकुमार लामाको घरमा हिजै कोही नभएको अवस्थामा चोरहरुले मूलढोकाको ताल्चा फोडेर नगद ३ हजार ५ सय रुपियाँ चोरेका छन्। प्रहरीका अनुसार घरबाट ल्यापटप एउटा, डिजिटल क्यामरा एउटासहित करिब १ लाख ११ हजार बराबरको धनमाल चोरी गरी लगेका छन्।

 

त्यस्तै भक्तपुर नगरपालिका-४ बस्ने कृष्णबहादुर नापितको घरबाट २ तोला सुनका गहनाहरु, नगद ६ हजार रुपियाँ, क्यामरासहित करिब १ लाख ३९ हजार रुपैया बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ।

 

(नागरिक)

अन्य समाचारहरु