लक्ष्मण खनाल
जनगणतन्त्रका लागि विद्रोहको आवश्यकता प्रवासी मजदुरहरुको हक अधिकारको गरौ सुनिश्चितता भन्नेू मुल नाराका साथ नेपाली जनप्रगतिशिल मोर्चा युएई को परिचयात्मक कार्यक्रम दोहाको ढाका रेष्टुरेष्टमा सम्पन्न भएको छ । श्रीकृष्ण भट्टराई को साचालन रहेको उक्त कार्यक्रमका किशोर कुमार सुवेदीको संयजकत्वमा २७ सदस्यिय महाधिवेसन आयोजक समिति घोषणा गरिएको थियो ।
संयोजक किशोर सुवेदीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मोर्चाका संगठन विभाग प्रमुख मान बहादुर पुन रहनुभएको थियो विषेश अतिथि एनआरएनए एनसिसि कतारका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट रहनुभएको थियो भने अन्य अतिथिहरुमा सेफ्टी अवारनेस कतारका अध्यक्ष राधाकृष्ण देब नेपाली जनसम्पर्क समितिका अध्यक्ष विमल सुवेदी बाग्लुङ सेवा समाजका अध्यक्ष मदन श्रीस पाल्पाली सेवा समाजका अध्यक्ष भुपराज दवाडी पाँचथर सेवा समाजका छवीरमण कटुवाल सर्लाही सेवा समाजका जिवछ महतो कास्की आदर्श सेवा समाजका सल्लाहकार राम प्रसाद गौतम तनहुँ सेवा समाजका अध्यक्ष निमलाल कुमाल नवोदित साहित्य वाचनालयका नवराज विक वाचनालयकै युग योगी राई समाज सेवी भिम वस्नेत समाजसेवी हेमन्त भट्ट प्रवासी नेपाली सांगितिक परिवारका डि एन मगर उदयपुर सेवा समाजका प्रतिनिधि गणेश वाबु मितेरी फिल्म कतारका सुमन भारती र महिला प्रतिनिधि मिरा दाहाल लगायत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुनले नेपाली जनप्रगतिशिल मोर्चा गठन गर्नुको औचित्य प्रकाश पादैै प्रवासी मजदुरहरुमाथी हुने ठगी दलालीको विरुद्ध अभियानगत रुपमा अगाडी बढ्ने वचनबद्धता व्यक्त गर्नुभयो । सभापति किशोर सुवेदीले राष्ट्रियता जनतन्त्र र जनजिविका को लागि नव गठित नेकपा-माओवादी लाई समर्थन गरेको औल्याउदै नेपाली कम्युनिष्ट आन्दोलनका उपलब्धिहरुलाई गुमाउने क्रममा दाङको हापुरे बाट सुरु गरी काठमाण्डौ सम्म आउदा सबै सकिएको र नेताहरु अवसर र नवसंशोधनको खाडलमा फसी नव धनाड्य हरुको जमात बन्न पुगेको ले पार्टि विभाजन भएको कुरा प्रष्ट्याउनु भयो ।
कार्यक्रममा बोल्दै विषेश अतिथि गुरु नारायण रानाभाटले प्रवासमा सबै संघ संस्थाहरुको सहकार्य अवश्यकता रहेकोले सहकार्य मा अगाडी बढ्न आग्रह गर्नुभयो भने अतिथिहरु मकसुद आलम राधाकृष्ण देब विमल सुवेदी लगायतले आफ्ना भनाईहरु राख्दै प्रगतिशिल कार्यका लागि शुभकामना ब्यक्त गरेका थिए ।