बेलायती दूतावासले पयर्टन र टायर भिसाको लागि अनलाइन आवेदन मात्र बुझ्ने

काठमाडौं  – काठमाडौंस्थित बेलायति दूतावासले असोज २९ गतेबाट पयर्टन र टायर भिसाको लागि अनलाइन आवेदन मात्र बुझ्ने जनाएको छ। 


 
दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै असोज २९ गतेबाट कसैले ‘म्यानुअल’ आवेदन दिए त्यसलाई नबुझ्ने स्पष्ट पारेको छ।


नयाँ नियम लागु भएपछि पयर्टन, व्यापारिक, परिवारका सदस्यलाई भेट्न जाँदा तथा टायर भिसा १, २, ३, ४ र ५ सबैको लागि अनलाईन आवेदन दिनु पर्नेछ। ‘अनलाईन सेवाले भिसा आवेदनको लागि भिसा सेन्टरसम्म आउनु पर्ने सेवाग्राहीको समय बचत हुनेछ,’ नयाँ नियम लागु गर्नुको कारण दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ।

 

– RSS