– उमाकान्त पाण्डे गाउंले
असोज १६ दुबइ , एबिसी च्यानलका पत्रकार शुभ सकंर कडेल सग यूएईमा छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ यूएईको आयोजनामा सम्पन्न छलफल एवम भेटघाट कार्यक्रममा यहाँ स्थिती बिभिन्न संचार सस्थामा आबद्द पत्रकार हरुको उपस्थिती रहेको थियो ।
दुबइमा रहेको खाजा खजाना रेस्टुरेन्टमा आयोजित कार्यक्रममा बिभिन्न संघसस्थाका प्रतिनिधिको समेत उपस्थिती थियो ।
एबिसी टेलीभिजनका म्यानेजिङ डाईरेक्टर कडेंलको यूएई भ्रमणको अवसर पारेर यहाँ रहेका पत्रकार तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थितीमा रात्री भोज समेत गरिएको थियो ।
नेपालको बदलिदो राजनितिक अवस्था र संचार माध्यमको भूमिकाका बारे कडेंलले आफ्नो धारणा राखेका थिए । “समय र परिस्थिती अनुसार कहिलेकाही मिडिया पनि आक्रामक बन्नु पर्ने अवस्था आउछ ” उनले भने । नेपालमा सविधान नबन्नुमा सबै दल दोषी रहेको उनको भनाइ थियो । प्रवास बाट पत्रकारिता गर्दा प्रवासीका आवाजलाई बुलन्द गर्नुस् ” यहाँ रहेका कुटनैतीक निकायका कामकारबाहीमा आँखा लगाउनुश-हाम्रो काम सर्वसाधारण सुसुचित गराउने हो” उनले भने ।
कार्यक्रममा एनआरएन यूएईका अध्यक्ष चन्द्र रोकाह , एनआरएन मध्यपुर्व सम्योजक एलएन सुवेदी, जनप्रगतीशिल मन्चका श्याम परियार, प्रवासी संघ यूएईका श्याम कडेल, अर्घाखाँची संपर्क समिति यूएईका राजु खड्का ,समाजसेवी पिएस लिम्बु , लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने अधिकाशंले नेपालमा जुन तन्त्र आए पनी नेपालीको दुखी तन्त्र नहराएकोमा निराशा ब्यत्त गरेका थिए।
कार्यक्रम पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष अर्जुन दाहालको शभापतित्व तथा सचिव निमेश गिरिको सन्चालनमा भएको थियो ।