– उमाकान्त पाण्डे गाउंले
अखाँटा यूएई डेस्क असोज- १६ – नेपाल पत्रकार महासंघ यूएईशाखा को तेसो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले अर्जुन दाहाल लाई निर्विरोध अध्यक्षमा चयन गर्यौ ।
गत शुक्रवार दुवईको एभरेष्ट होटलमा भएको वन्दसत्रमा उपाध्यक्षमा भुपराज वस्याल, सचिव निमेश गिरी, सह सचिव त्रिलोचन कोईराला, कोषाध्यक्ष ऐकेन्द्र थापा लाई मनोनयन गरिएको हो । सदस्यहरुमा निमकान्त पान्डे, गीतामणी पान्डे , हरि नेपाली रहेका छन । महासंघलाई समानुपातिक र समावेशी बनाउन २ जना सदस्य पछि चयन गर्ने निर्णय गरिएको छ ।
बिहान एभरेस्ट होटलमा बन्द सत्र भएपनि घोषणा भने महासंघले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा गरिएको थियो । पत्रकार महासंघ केन्द्रिय कार्यालय काठमान्डौ बाट प्रतिनिधि आउने भन्ने सार्वजनिक गरीए पनि बिबिध कारणले आउन नसके पछी यूएईमै कार्यरत (नेपाल फर्कन लागेका )पत्रकार खेमनाथ पौडेलको उपस्तिथिमा बन्द सत्र भएको थियो ।

सन २००७ मा नेपाल पत्रकार महासंघबाट मान्यता पाएको युएई शाखामा हाल १६ जना सदस्य रहेका छन । गठित नयाँ कार्यसमिति दुइ बर्षका लागि हुने छ । यस् अघीका दुई अधिवेशनमा पनि सर्वसहमतिले कार्यसमिति बनेको थियो । यूएई शाखाको प्रथम अध्यक्षमा जाकिर हुसैन र दोस्रो कार्यकालमा शकंर ज्ञवाली थिए । यि दुई कार्यकाल मध्ये निवर्तमान कार्यसमिति पहिलो कार्यसमिति भन्दा बडी बिबादित बनेको थियो । प्रवासी पत्रकार सन्जालल निर्माण र त्यसको सम्योजकत्व यूएईले गर्नु पहिलो कार्यसमितिको सबै भन्दा ठुलो उपलब्धी मानिएको थियो भने दोस्रो कार्यसमि तिको देउसी भैलो कार्यक्रम र कार्यसमितिका अध्यक्ष शकरं ज्ञवालीको सम्योजकत्वमा भएको नेपाली समाज यूएईको निर्वाचन र त्यस पछी उठेका केही ब्यबहारिक बिषयले सिगों महासंघ नै बिबादमा आएको थियो ।

महासंघ यूएई शाखाका निबर्तमान अध्यक्ष शंकर ज्ञवालीको सभापतित्व, यूएईका लागि नेपाली राजदुत धनञ्जय झाको प्रमुख आतिथ्यता, तथा बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थितीमा सम्पन्न कार्यक्र्मको संचालक निमेश गिरीले गरेका थिए । कार्यक्रम बिच तालमेल नमिल्दा बन्द सत्रमा गरिएको निर्णय अन्तर्कृया कार्यक्रमको बिचमा घोषणा गरिएको थियो भने मन्तब्य दिने अधिकाशंले कसको नेत्रित्वमा को आउँदै छ भन्ने नबुझेर शुभकामना दिन सकेका थिएनन ।
अन्तर्कृया सम्पन्न
अधिबेशन पछी महासंघको आयोजनामा अधिबेशन घोषणा तथा नेपालको बर्तमान अबस्थामा प्रवासी नेपालिहरुको आवाज बिषयमा अन्तर्कृया समेत गरिएको थियो ।
अन्तर्कृयामा निमेश गिरीले कार्य पत्र बच्चान गरी प्रस्तुत गरेका थिए भने कार्यपत्रमा टिकाटिप्पणी भन्दा पनि एक अर्का प्रती आरोप प्रत्यरोपका शब्द सुनिन्थे । नेपालका राजनितिक पार्टीका भात्री संघसंघठनको रुपमा यूएईमा रहेका सस्थाका प्रतिनिधि बिच एक अर्कामा भाषण युद्द नै भएको देखिन्थ्यौ । एक अर्काको बिचार र अस्तित्वलाई स्विकार गर्न नसक्नुको कारण प्रस्ट देखिन्थ्यौ ।
राजदुत झाले यूएईमा कृयशिल पत्रकारलाई दुतावासका हरेक गतिबिधिमा उचित निगरानी राखी सहयोगीको भुमिका खेल्न आगह्र गरेका थिए । समाचार लेख्नुस् , हामिले गर्नपर्ने सहयोग गर्छौ , “दुतावास सम्बन्धी केही छ भने हामीहरुलाई पनि खबर गरी लेख्नुश” झाले भने ।
कार्यपत्रमाथि नेपाली समाजका अध्यक्ष कृष्ण ढकाल ,गैर आवासीय नेपाली संघ मध्यपूर्व सहसंयोजक एलएन सुबेदि, गैर आवासीय नेपाली संघ युएई अध्यक्ष चन्द्र रोक्का ,नेपाली जनसंपर्क समितिका चित्र बहादुर केसी, जनप्रगती शिल मन्चका श्याम परीयार, नेविसंघ कि केन्द्रिय सदस्य बिमला भट, बाग्लुङ सेवा समाजका गोपाल कडेंल, कल्याणकारी समितिकी ममाता बिस्ट , ब्यबसायी बिदुर राउत , सुर्य अधिकारी लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
नबगठित कार्यसमितिका तर्फबाट अध्यक्ष अर्जुन दाहालले महासंघलाई बलियो बनाउन सबैबाट सकारात्मक सहयोगको खाचो रहेको बताए । यहाँ कृयशिल पत्रकार सबैलाई एकैठाउमा उभिएर साथ दिन उनले आग्रह गरे। उनले भने ‘हामी सबै प्रवासमा छौ सोही अनुसार हामी एकै ठाउँमा बसेर प्रवासीको आवाज लाई केन्द्र सम्म पुर्याउ’ दाहालले भने ।