-गिता मणि पाण्डे
युएई डेस्क- सेप्टेम्वर १० । नेपाल वाट रोजगारिको सिलसिलामा युएई काम गर्न आएकि खैरेनि १ चितवन घर भई वर्ष २४ कि सविता महतोलाई प्रवासि थारु समाज युएईले टिकट उपलव्ध गराएर नेपाल पठाएको छ ।
७ महिना पहिले युएई आएकि आए देखि विरामी परेर काम गर्न नसके पछि घरमा काम गर्दा गर्दै उक्त घर वाट भाग्दै भौंतारिदैं फिलिपीन्स राजदुतावास पुग्दा नेपाली हो भन्ने भए पछि नेपाली राजदुतावासमा खवर गरि त्याहा लगेको जानकारि आएको छ ।
त्यहा पुगेर सोधपुछ गर्दा घरको पस्थिीती दयनिय रहेकोले आशा रत्न वहादुर कल्पना नाम गरेका व्यक्तिहरुले मोनालिसा मेनपावर मार्फत दुवई आएको जवाफ दिएकि थिईन याहा काम गर्ने ठाउको वारेमा सोद्धा मालिक तथा स्पोन्सरको नाम थाहा नभएको कुरा सविता महतोले वताएको कुरा उपनियोग प्रमुख दिपक अधिकारिले पत्रकार सामुन्ने जानकारि गराउनु भएको थियो । महिला लाई नेपाल जानको लागि सम्पुर्ण कागज पत्र तयार भएपछि राजदुतावास वाट प्रवासि थारु समाजमा खवर गरेकोमा थारु समाजले टिकट उपलव्ध गराएको जानकारि समाजका अध्यक्ष नेत्र नारायण थनेतले वताउनु भएको थियो ।
संकाको विषय श्रम नवनाईकन आएकोले कसरि नेपाल एअरपोर्ट वाट आइन भन्नेमा सवै चकित परेका छन् तर यस्ता विषयमा सरकारले ध्यान नपु-याउने हो भने नेपालीहरुको समस्या झन भन्दा झन धेरै हुने कुरामा सवैमा अवगतनै भएको छ ।