जोमसोमबाट पोखराका लागि उडेको नेपाल एयरलाईन्सको जहाज जोमसोम धावन मार्गमा पल्टियो

जोमसोम  । जोमसोमबाट पोखराका लागि उडेको नेपाल एयरलाईन्सको जहाज जोमसोम धावन मार्गमा पल्टिएको छ । धावनमार्गमा रहेको खाल्टोमा परेर एउटा पाग्रा भाँचिएपछि नाईन एन ए बिटी जहाज विमानस्थलमै पल्टिएको हो । जहाज यात्रु बोकेर बिहान सात बजे पोखराका लागि उड्न लागेको थियो ।


बिमान पल्टिए पनि विमानका सवै यात्रु शकुशल छन । जहाज पल्टिएपछि अवरुद्ध बनेको विमानस्थल अहिले सञ्चालनमा आएको छ । सुरक्षाकर्मीले जहाजलाई डोरीले तानेर रनवेबाट बाहिर निकाले पनि विमानस्थल सञ्चालनमा आएको हो ।

 

– RSS

अन्य समाचारहरु