एशिया प्रशान्त उद्योग वाणिज्य संघको टोलीद्धारा राष्ट्रपति यादव र प्रधानमन्त्री भट्टराईसँग छुट्टा-छुट्टै भेटवार्ता

काठमाडौं । एशिया प्रशान्त उद्योग वाणिज्य संघ (क्यासि) का अध्यक्ष सहितको टोलीले आज राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग छुट्टा-छुट्टै भेटवार्ता गरेको छ ।

 

भेटवार्ताको क्रममा क्यासीका पदाधिकारीले नेपालमा लगानीको प्रचुर संभावना रहेको र आफूहरुले लगानीका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सक्ने जानकारी गराएका थिए ।

 

प्रधानमन्त्रीसँगको भेटपछि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले नेपालमा लगानीका लागि आफूहरुले पहल जारी राखेको जानकारी गराएको बताउनुभयो ।

 

– RSS

अन्य समाचारहरु