यूएईमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने

– उमाकान्त पाण्डे गाउले 
सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ । यहाँ रहेका बिभिन्न संघसस्था मिलेर कार्यक्रम गर्ने भएका हुन । आज बिभिन्न संघसस्थाका प्रतिनिधिको उपस्थितीमा बसेको बैठकले सबै प्रतिनिधिलाई समेट्ने गरी र आउन चाहने बाँकी अन्य संघसस्थाको प्रतिनिधिलाई समेत स्थान खुल्ला गरी मुल आयोजक समिति र त्यसैको मातहतमा रहने गरी बिभिन्न उप-समिति निर्माण गरिएको छ ।  
बरदुबईमा रहेको याक एन्ड यती रेस्टुरेन्टमा बसेको संघसस्थाको सामुहिक बैठकले सामुहिक रुपमा शुभकामना आदान प्रदान एवम टिका ग्रहण – सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको हो । 
यहाँ रहेका बिभिन्न संघसस्थालाई सामुहिक रुपमा दसैं तिहार शुभकामना आदान प्रदान एवम टिका ग्रहण कार्यक्रम गरिने भएकोले यहाँ स्थित अन्य संघसस्थालाई सोही दिन समय नजुदाउन र दसैं तिहार लाई प्रवासमा एकै साथ मनाएर उदाहरणिय कार्य गर्न आफुहरु लागि पर्ने बिभिन्न संघसस्थाका प्रतिनिधिले प्रतीबद्दता समेत जनाएका छन ।  
कार्यक्रमलाई यहाँ कार्यरत तल्लो स्तरका मजदुरको पहुच सम्म पुर्याउन खुल्ला पार्कमा आयोजना गर्ने निर्णय समेत गरिएको छ । कार्यक्रम दुबइमा रहेको जबिल पार्कमा अक्टोबर २६ शुक्रबार हुनेछ । 
प्रवासमा रहेर नेपाली पनको झल्को मेटाउन कार्यक्रममा सोही अनुसारको नेपाली परिकार बनाउने र उपस्थिती सबैलाई न्युनतम शुल्कमा परीकार खुवाउने ब्यबस्था गरिने कार्यक्रम मुल आयोजक समितिले जनाएको छ । 
  
यहाँ रहेका सम्पूर्ण संघसस्थालाई पत्राचार तथा संपर्क गरी कार्यक्रम सम्बन्धी जानकारी गराई कार्यक्रममा सहभागी संघसस्थाको नामावाली सार्वजनिक गरिने छ । संघसस्थाको सहभागितामा हुने तर सम्पूर्ण संघसस्था मिलेर कार्यक्रम गर्दा बाहिर सकारात्मक सन्देश दिन सकिने भएकोले यसो गर्न लागिएको हो । 
सामुहिक रुपमा कार्यक्रम गर्न सके यूएईमा दुई वटा दसैं नमनाइयोश भन्नका लागि अर्घाखाँची सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्काको  आह्वनमा आज बैठक बसेको हो । कार्यक्रमलाई सफल पार्न यहाँ रहेका प्राय सम्पूर्ण संघसस्थाले उपस्थिती जनाउने प्रतीबद्दता गरेका छन । दसैं तिहारलाई मध्यनजर गर्दै सामुहिक रुपमा कार्यक्रम गरिने भएकोले कुनै एक वा अन्य एक दुई सस्थाको मात्र नाम सार्वजनिक नगरि सम्पूर्ण सहभागी सस्थाको नामावाली सार्वजनिक गरिने भएकोले अन्य बाँकी संघसस्थालाई पनि यसै समाचार मार्फत तथा अहिले सम्म उपस्थित हुने संघसस्थाका प्रतिनिधि सम्मिलित  कार्यक्रम मुल आयोजक समितिलाई सम्पर्क गर्न सकिने जानकारी गराइन्छ ।