– उमाकान्त पाण्डे गाउले
युएईमा सञ्चालन भईरहेको एसीसी ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको आफ्नो दोश्रो खेलमा नेपालले आज कुबेतसँग प्रतिस्पर्धा गर्दैछ । एसीसी ट्रफीमा नेपाल र कुबेत ४ पल्ट आमनेसामने भएका छन् ।
हालसम्मका चारवटै खेलमा नेपालले नै जितेको थियो । विगतको नतिजा र चालु प्रतियोगितामा बलियो प्रतिद्वन्द्वी युएईलाई हराएकाले नेपाल आज पनि जीत दोहोर्याउने लक्ष्यका साथ मैदान ओर्लने छ ।
नेपाली टिमका कप्तान पारस खड्काले सेमिफाईनल पुग्नका लागि समूह चरणका सबै खेलमा जित महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल कुबेतबीचको खेल बिहान सवा ११ बजे शुरु हुनेछ ।



