हत्या गर्ने सार्वजनिक

– कमला बस्नेत

 

जिल्ला प्रहरी कार्यालय गुल्मीले गत सोमवार सदरमुकाम तम्घासमा घाँटी रेटि हत्या गरेको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई शुरबार सार्वजनिक गरेको छ ।

 

हत्याको अभियोगमा प्रहरीले गुल्मी पुर्कोट दह गाविस १ घर भई हाल सदरमुकाम तम्घासमा डेरा गरि वस्ने ३६ वर्षीय जिवलाल घर्तिलाई पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

 

प्रहरीले उनलाई गत सोमवार पुर्कोटदह गाविस ८ निवासी हाल तम्घास गाविस ६ चारीखोलामा आरन पेशा संचालन गर्दै आएका ३८ वर्षीय डल्लेकामी भन्ने जनक विश्वकर्मालाई हँसियाले घाटि रेटी हत्या गरेको अभियोगमा पक्राउ गरेको थियो । सार्वजनिक गरिएका घर्तिलाई प्रहरीले थप अनुसन्धानकालागि हिरासतमा राखेको छ ।

अन्य समाचारहरु