– कृष्ण खनाल
बुटबल । रुपन्देहीमा रहेका बिभिन्न संचारसंस्थामा कार्यरत कि्रयासील संचारकर्मीहरुको शनिवार बुटबलमा सम्पन्न भेलाले बाबुराम गैरेको अध्यक्षतामा स्वतन्त्र पत्रकार संघ नेपालको रुपनेदेही शाखा गठन गरेको छ । जसको उपाध्यक्षमा गोबिन्द बस्नेत सचिबमा आशोक गौतम र कोषध्यक्षमा कल्पना पाण्डे रहेका छन ।
त्यस्तै सदस्ययहरुमा कृष्ण खनाल बाबुराम भुषाल वीरेन्द्र पाण्डेय सावित्री आचार्य अनिल भुषाल रहेका छन । भेलाले अरुण ज्ञवाली भेषराज कार्की बिनोद परियार रेनुका गिरी र राजेन्द्रजंग रायमाझिलाई केन्द्रीय पार्षदमा चयन गरेको छ ।
स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षता र कल्पना पाण्डेको संचालनमा भेला सम्पन्न भएको हो ।