
विरगंज । ईलाका प्रहरी कार्यलय विर्ताले गएराति विरगंज १४ , श्रीपुरमा रहेको होटल सम्झनाबाट अनैतिक क्रियाकलाप गर्दै रहेका ५ पुरुष र ४ महिला गरि ९ जनालाई पक्रिएको छ । गएराति साढे ११ बजे उक्त होटलमा छापा मार्दा आपत्तिजनक अवस्थामा रहेका उनिहरुलाई पक्रिएको हो साथै १ पुरुष र १ महिला भने भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा होटलका कर्मचारी महोत्तरी निवासी आशा काजी लामा र रुम ब्वाई रामलाल लामा रहेका छन् । त्यसैगरि रौतहट २ , चपुरका सुमन कार्की र देवेन्द्र साथै भारत रक्सौल निवासी नग नारायण महतो रहेका छन् । पक्राउ पर्ने होटलका कर्मचारी आशा काजी लामा र रामलाल लामा यौन दलालको रुपमा रही आएको उनिहरुले प्रहरी समक्ष स्विकार गरेका छन् । पक्राउ परेका महिला यौन व्यवसायिहरुको नाम भने प्रहरीले खुलाएको छैन ।
यसअघि पनि प्रशासनले सोही होटलमा छापा मार्दा पर्सा जिल्लाका उच्च प्रशासनिक ओहोदाका कर्मचारीहरु पनि रङ्गेहात पक्राउ परेका थिए । गएराति पक्राउ परेका सबै ईलाका प्रहरी कार्यलय विर्ताले हिरासतमा लिएको र कानुनी कारवाहीको पक्रिया अगाडी बढीरहेको ईलाका प्रहरी कार्यलय विर्ताका प्रहरी निरिक्षक सुनम जोशीले बताउनुभयो ।
– RSS