सीप बिकास तालिम सम्पन्न

२१ असोज २०६९ पर्वत । ठुलीपोखरी गाविसको आर्थिक सहयोग  घरेलु तथा साना उद्योग बिकास समिति शाखा कार्यालय पर्वतको प्राविधिक  तथा परामर्श सहयोग  महिला मुल समिति ठुलीपोखरी पर्वतको आयोजनामा ठुलीपोखरीमा संचालन गरिएको ४५ दिन अवधिको ऊनी झोला तथा नागासल वुनाइ तालिमका सहभागिहरुलाइ कार्यक्रमका प्रमुख अतिथि उद्योग अधिकृत शिवशंकर बानियाँलॆ  एक समारोह बिच प्रमाण पत्र वितरण गर्नु भयो ।

 

प्रमाण पत्र वितरण पश्चात मनतब्यको क्रममा प्रमुख अतिथि बानियाँले स्थानिय आवश्यकता  माग र संभावनाको आधारमा तालिमको  माध्यमबाट -ग्रामिण क्षेत्रका महिलाहरुलाइ सशक्त बनाउने-स्थानिय स्तरमा रोजगारीको अवसर दिलाउने र -आय आर्जनमा टेवा पुर् याइ आर्थिक उन्नति गराउने उदेश्यबाट  तालिम आयोजना गरिएकेाले तालिमलाइ आजैका दिन देखि ब्यवसायमा परिणत गर्नु पर्ने साथै तालिम पछि उद्योग संचालन गर्ने उद्यमीलाइ कार्यालयबाट प्रदान गरिने सेवा र सुविधाको वारेमा जानकारी गराउनु भयो ।


तालिम समापन कार्यक्रममा प्रशिक्षार्थी समीक्षा सुवेदीले  तालिम पश्चात गाविस र उद्योग प्रर्वद्धन गर्ने कार्यालयको सहयोगमा तुरुन्तै सामुहिक रुपमा उद्योग संचालन गर्ने सामुहिक प्रतिवध्दता ब्यक्त गर्नु भयो । सोही अवसरमा समाजीक परिचालक रमेश पौडेल  लघु उद्यम विकास सहजकर्ता तुलसी प्रसाद सुवेदी  स्थानिय विद्यालयका प्रार्चाय खेमराज लम्साल  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुमा गौतम  तालिमका प्रशिक्षक बालकुमारी श्रेष्ठ  महिला मुलसमिती ठुलीपोखरीका अध्यक्ष दुर्गा सुवेदी र  नेपाली काँग्रेस पार्टी प्रतिनिधि कुमार सुवेदीले ऊनी झोला तथा नागासल वुनाइ तालिम हालसम्मकै नमुना तालिम सावीत भएको र सामुहीक रुपमा तालिमका सहभागिले सिपलाइ ब्यवहारमा ल्याउन प्रतिवद्ध भएर लाग्नु पर्ने कुरा वताउनु भयो ।

 

सोही अवसरमा वक्ताहरु सवैले तालिमलाइ ब्यवहारमा परिणत गरि स्थानिय उत्पादनको आधारमा नेपालमा पाल्पाली ढाका जस्तैगरि ठुलीपोखरीलाइ ऊनी झोला तथा नागासलले  जिल्लाब्यापी रुपमा मात्र नभएर देशब्यापी रुपमा चिनाउन आवश्यक भएको साथै ब्यापक रुपमा उद्योग संचालन गर्न सकेमा आगामी दिनमा गाविसबाट थप सहयोग गर्न सकिने कुरा समेत वताउनु भएको थियो ।


ठुलीपोखरी गाविसका सचिव छविलाल शर्माको अध्यक्षता महिला समुह सदस्य एवं प्रशिक्षार्थी कोपीला शर्माले संचालन गर्नु भएको समापन कार्यक्रमका सहभागिहरुलाइ प्रशिक्षार्थी देवी के.सीले शब्दद्वारा स्वागत गर्नु भएको थियो । तालिममा ठुलीपोखरी गाविसका १८ जना  महिलाहरुको सहभागिता रहेको थियो ।

अन्य समाचारहरु