– विजय थापा
हाल भर्जिनिया, सयुक्त राज्य अमेरिका
वाशिंगटन डिसी l यहि अक्टोबर ६ ,२०१२ सयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन डिसी क्षेत्रमा एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA )को दोश्रो महाधिवेशनको पहिलो सत्र समुद्घाटन कार्यक्रम भब्यको साथ सम्पन्न भंएको छ भने दोश्रो सत्रमा मंच (फोरम )कार्यक्रम र आजै नै आगामी बर्षको लागि नया कार्यकारी समितिको समेत चुनाव हुने घोषणा हुनेछ l
दि एसोसिएसन अफ नेपालीज इन अमेरिका (ए एन ए ) को दोश्रो महाधिवेशनको लागि उत्तर अमेरिकाका बिभिन्न राज्य तथा क्यानाडा समेतबाट सहभागी हुन् आएका छन् भने यो सम्मेलनको लागि वाशिंगटनक्षेत्र तथा बिभिन्न संघ तथा संस्थाहरुको गरिमामय उपस्थिति रहेको थियो l
दोश्रो महाधिवेशनको आतिथ्य (ANTA )डिसी शाखाका अधक्ष्य धर्मेन्द्र ठाकुरको पहलमा गरिएको गरेको थियो भने कार्यक्रम संचालक ललित झा ले पृथक शैलीमा कार्यक्रम संचालन गर्नु हुदै उपस्थित सबैलाई हार्दिक स्वागत गर्दै यसको उदेश्य र अरु बिबिध बिषयको छोटकरीमा जानकारी गराउनु भएको थियो l कार्यक्रमको समुद्घाटन अमेरिकाका लागि नेपाली महामहिम राजदूत शंकर प्रसाद शर्मा(पी एच डि)ले पानसमा बत्ति बाली गर्नु भएको थियो l

एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA )को तर्फबाट स्वागत मन्तब्य सम्मेलन सह -अधक्ष्य तथा डिसी शाखाका अधक्ष्य धर्मेन्द्र ठाकुरले सबैलाई हार्दिक स्वागत गर्दै सबैको सहयोगको अपेक्षा गर्दै महामहिम ज्युलाई धन्यबाद दिनु भएको थियो l यसै बीच बिभिन्न संस्थाहरुको प्रतिनिधित्व गर्ने महानुभाव तथा अतिथिहरुको मन्तब्य राखिएको थियो l (ANTA )का संस्थापक अधक्ष्य तथा ,गैर आवाशीय सघ (एन आर एन ) रास्ट्रिय समन्वयब समितिका पुर्व महासचिब तथा बिभिन्न सघ तथा संस्था संघ आबद्द रतन झा ले संस्थाको जन्म (७ )सात जनाबाट सुरुवात भै र ए एन ए टेक्सास सम्मेलनबाट सोच निस्की अहिले यो अवस्थामा आई पुगेको कुराको उल्लेख गर्नु भयो भने प्रारम्भिक चरणमा नकारात्मक टिका टिप्पणी सुनिएको र सयुक्त प्रयासबाट नै लक्ष्यमा पुग्न सकिने बिचार व्यक्त गर्नु भयो ‘पहिचान ,एकीकरण र सशक्तिकरण ‘ को उदेश्यबाट आफु प्रभावित भएको जिकिर गर्नु भयो lयो संस्था गैर राजनैतिक र कुनै राजनैतिक दलसंग सम्बन्धन नभएको जानकरी समेत दिनु भयो l
बिश्व संजाल नेपाली महिला(NWGN)का बिद्या रंजितले आयोजकलाई धन्यबाद दिदै अक्टोबर ७ ,आइतबार डिसी क्षेत्रमा हुने बिश्व संजाल नेपाली महिला सम्मेलनमा सबैलाई उपस्थितिको लागि अनुरोध गर्दै उक्त कार्यक्रममा नेपालबाट पाल्नु भएकी समाज सेवी दिल शोभा श्रेठ ज्युलाई बिश्व संजाल नेपाली महिला संघले सम्मान समेत गरिने कार्यक्रम रहेकोले उक्त बारेमा संक्षेपमा सूचना दिदै आफ्नो संघ संग पनि सहकारिताको लागि आग्रह गर्नु भयो l (ANTA )संस्थाको जन्म (७ )सात जनाबाट सुरुवात भएको कुराले आफु प्रभावित छु भन्दै मन्तब्य व्यक्त गर्नु भयो l

ए एन ए का अन्तरिम अधक्ष्य छेवांग शेर्पा लामाले मौका दिएकोमा धन्यबाद ज्ञापन गर्दै ए एन ए को नेपाल ग्रामीण विकास परियोजना नेपालको सुनसरी जिल्लामा सुरु भै सकेको र ए एन ए पनि अन्य संस्थाहरुसंग मिलेर कार्य गर्न चाहेको भन्नु भयो भने ए एन ए नेपाल ग्रामीण विकास परियोजनाको कार्यलय पनि नेपालमा खोलि सकेको जानकारी दिनु भयो l (ANTA )ले ५० प्रतिसत लगानी गर्यो भने ए एन ए ले पनि ५० प्रतिसत सहयोग गर्ने जानकारी दिनु भयो lजो कोहिले एक बिद्यार्थीलाई छात्रवृति प्रदान गर्ने कार्यक्रम ल्याएमा ए एन ए थप अर्को बिद्यार्थीलाई छात्रवृति दिने घोषणा गर्नु भयो र आफु सानो काम गरेर ठुलो नाम दर्ता गर्न चाहेको तर ठुलो भाषण गरेर सानो काम आफु गर्न नचाहेको उल्लेख गर्नु भयो l
गैर आवाशीय सघ (एन आर एन )राष्ट्रिय समन्वय समिति अमेरिकाका अधक्ष्य प्रलाद केसीले संस्थाको तर्फबाट शुभकामना दिदै नेपालको आर्थिक तथा सामाजिक बिकाशका बिषयमा सदैब अहम भूमिका निर्वाह गरेको उल्लेख गर्दै अन्य संघ तथा संस्थाहरुसंग साझा सवालका बिषय तथा बिचारहरुसंग सहकारिता गर्न ईक्षुक रहेको अभिव्यक्ति दिनु भयो l अमेरिकामा यो संस्थाले १० महिनामा गरेका गतिबिधि समेत उल्लेख गर्दै आफु अमेरिका को ३५ वटा राज्यमा भ्रमण गरेको र गैर आवाशीय सघ (एन आर एन ) को बिषयमा धेरै गहन छलफल भएको उल्लेख गर्नु भयो l ANTA संग साझेदारीमा काम गर्ने उदेश्य अनुरुप ANTA र गैर आवाशीय सघ (एन आर एन )राष्ट्रिय समन्वय समिति अमेरिका बीच समझदारी भै प्रमाणपत्र हस्तान्तरण गरियो lअमेरिका सबैको सहयोग रहे उदेश्य परिपूर्ति हुने कुरामा आफु बिस्वस्त छु भन्दै बुद्दको तस्बिरलाई जुत्तामा राखिएको बिषयलाई लिएर सघले खेलेको भूमिकाको जानकारी दिनु भयो lअर्का वक्ता तथा अन्टाका संस्थापक अन्नपूर्ण देवले आफ्नो जुन सुकै देशमा रहे पनि आफ्नो पहिचान् बनाउनु पर्ने हुन्छ भन्दै पुर्व सम्मेलनमा आफुले राखेको र आफ्ना बिचारका संस्मरण सुनाउनु भयो lअमेरिकामा रहे पनि हामी आफ्नो पहिचान र परिचयको लागि केहो ठोस कदम चल्नु पार्ने अपरिहार्यता भएको र सबैले असल नागरिक भएर रहेकोमा खुशी व्यक्त गर्नु भएको थियो lअमेरिका नेपाल सोसाईटीका सचिब मुक्ति दवाडी ज्युले डिसी क्षेत्रमा सबैलाई स्वागत गर्दै संस्थाको तर्फबाट समृद्दी र नेपालको बिकाशको लागि यो महाधिवेसनले केहि ठोस कदम चाल्ने छ भन्ने कुरा अभिव्यक्ति दिनु भयो l
सम्मान कार्यक्रममा सहभागी हुन् नेपालबाट भर्खर अमेरिका आउनु भएकी समाजसेवी दिल शोभा श्रेष्ठले सबैलाई ध्यानाकर्षण गराउनु भयो र घरबाट निकालिएका ,सडकमा बस्न बाध्य रहेका वृद्द बा तथा आमाहरुलाई आफ्नो घरमा ल्याई न्यानो र तातो माया मात्र दिएको भन्दै सबैको सहयोग भएमा मानवीय सेवा हुने जिकिर गर्नु भयो l आफु संग पैसा नभएर दाग बत्ति आफैले दिएको सत्य घटना सुनाउदा सबैको मन एकछिन कुडिएको थियो र ANTA को तर्फ बाट $ १०१ डलर र अधक्ष्य डा बिनोद शाहको तर्फबाट $ १५० डलरको गरि जम्मा $ २५० डलर चेक हस्तान्तरण समाजसेवी दील शोभा ज्युलाई गर्नु भयो l
ANTA का संस्थापक तथा गैर आवाशीय सघ (एन आर एन )अन्तर राष्ट्रिय समन्वय समितिका संयोजक मुकेश सिंहले यो संस्थाले २-४ वटा काम गर्न जरुरि भएको भन्दै संचारमा कम्जोर रहेको ,कार्यकारी समिति क्रियाशिलतामा कमि भएकोले यसलाई प्राथमिकता दिए संस्था अगाडी बढने छ भनि भन्दै सुझाब दिनु भएको थियो lमधेशको मुद्दा नै नेपालको मुद्दा रहेकोले मध्य पुर्वमा गएका कैयौ महिलाहरुले पाएका यातना र शोषणको मुद्दा ANTA ले यो कुरा उठाउनु पर्ने भन्नु भयो lयसै बिचमा यो संस्थाले प्रकाशित गरेको स्मारिका महामहिम राजदूतले बिमोचन गर्नु भयो र स्मारिकाका प्रमुख सम्पादक अमित शाहले समिति तथा महामहिम राजदूत शंकर प्रसाद शाहलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो l
प्रमुख अतिथि शंकर प्रसाद शर्मा (पी एच डी) ले आफुलाई बोल्न मौका दिएकोमा हर्ष व्यक्त गर्दै यो संस्थाको नारा ‘ पहिचान ,एकीकरण र सशक्तिकरण ‘ को बारेमा ब्याख्या तथा अन्य बिबिध बिषयमा बौद्धिक धारणा राख्नु भएको थियो l उदाहरण स्वरूप सिंगापुरको पुर्व प्रधान मन्त्रिसंग बिचार विमर्श हुदा भाषा जरुरि भएको र शिक्षाले सशक्तिकरणमा महत्व भूमिका निर्वाह गर्ने बिचार राख्नु भयो lएउटा योजनाकार भएकोले वर्तमान नेपालका समस्या र कारक तत्वहरुको बारेमा पनि उल्लेख गर्दै तथ्यांक सहित जानकारी दिदै तराईका समस्यामा सिचाईको कारण कृषिमा अबरोध भएको आदि ईत्यादी मन्तब्य राख्दै तराईलाई आर्थिक क्षेत्र घोषणा गरे उत्तम हुने विचार अभिव्यक्ति गर्दै राजदूताबासले सहयोग गर्ने उल्लेख गर्दै अन्ताको प्रगतिको कामना गर्नु भयो l

अधक्ष्य बिनोद शाहले मैथिली ,नेपाली र अंग्रेजीमा मन्तब्य व्यक्त गर्नु भयो भने ANTA सबैसंग मिलेर काम गर्ने भन्दै सबैलाई आग्रह गर्नु भयो l आफु बाहिर जति बसे पनि सबैलाई घरले सताउने र फर्कने पर्ने हुन्छ भन्नु भयो lनेपालको बिकासको लागि तराइको बिकाश हुने ,तराईको बिकाश भए हामी सबैको बिकाश हुने विचार व्यक्त गर्नु भयो l ए एन ए र एन आर ए को प्रसंसा गर्दै ए एन ए का अधक्ष्य छेवांग शेर्पालामाले सहयोग गर्ने बचन बद्दताले आफु उत्साहित भएको भन्दै धन्यबाद ज्ञापन गर्नु भयो l ANTA ले सामाजिक सेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको र सर्लाहीमा भएको आगलागी मा आर्थिक सहयोग गरेको जानकारी दिनु गर्नु भयो lतराç