प्रवासी नेपालीहरुको महान चाडपर्वहरु दशै तिहार हर्ष न विर्ष जस्तै

-पशुपति श्रेष्ठ, दोहा



हिन्दु धर्मावलम्विहरुको महान चाडहरु  नजिकिदै गर्दाखेरी रोजगारीको सिलसिलामा विदेशिएका नेपालीहरु वर्षौ देखि आफ्ना रमाईला चाडपर्व मनाउन पाएका छैनन्। आफ्नो चाडपर्वहरु आएपछि धेरै प्रवासि नेपालीहरुलाई हर्ष न विर्ष बाहेक अरु हुन सकेको छैन। न त दशै आयो भनेर समयमा घर जान सकिन्छ न त विदेशमै बसेर मनाउने शृजना मिलेको छ।  नेपालको बढदो बेरोजगारीले स्वदेशमै केहि गर्ने रोजगारीको शृजना नमिलेपछि परीवारलाई बिहान बेलुकिको छाक टार्न हम्मे हम्मे परेपछि विदेशिएका नेपालीहरु लाखौं छन्।

 

वर्षभरीमा आउने आफ्नो रितिरीवाज परम्परा र चलन अनुसार मनाउदै आएका महान चाडपर्वहरु दशै ,तिहारमा परीवार सँग बसेर मनाउन नपाउदाको चोट र पिडा त प्रदेशिएका नेपालीहरुलाई कहिल्यै छाडने भएन्।

 

लाखौ रुपैया लगानि गरेर परीवारलाई सुखि अनि खुशि राख्न र छोराछोरीहरुको जिन्दगि उज्वल पार्नको लागि लागि लाखौ रुपैयामा लाखौ सपनाहरु बुनेर प्रदेशिएका नेपालीहरु वर्षौ सम्म पनि सपना पुरा गर्न सकेका छैनन् । हुन त नेपालमा नै गरौ भन्ने आट त सबै हामि नेपालीको छ। तर घरको आर्थिक अवश्थाको कारणले गर्दा नेपालमा केहि गर्ने शृजना मिलाउन नसकेपछि अन्तिम गन्तव्य भनेकै विदेश बनेको हो। अहिले नेपालमा चाडपर्वहरु घर दैलोमा आईसकेका छन्।

 

विदेशिएका नेपालीहरु भने यसपाली त यस्तै भो आमा अर्को साल आउने छु दशैमा भन्ने बोलको गित यथार्थ नै भएको छ। पर्देसी नेपालीहरुको कस्को मन नहोला र वर्ष दिनमा एक पटक मात्र आउने आफ्ना चाडपर्वहरु घर दोइलोमा आउँदा घर परीवार अनि साथिभाई सँग रमाउने मन तर विदेशमा भने बिहान देखि साझँ सम्म काममा व्यस्त छन्।

 

अझ नेपालीहरुलाई आफ्नो चाडपर्व आज हो कि भोली भन्ने पनि यकिन हुन छाडेको छ। दिनभरीको आगो जस्तो घाम अनि दिनभरीको थकानलाई मेटन सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना दुखका वेदना पोख्ने गरेको पनि प्रस्सत मात्रामा देखिने गरीन्छ।

 

यसपालिको दसैं तिहार पनि विदेशमै बित्ने भयो बाचे अर्को साल पकै जानुपर्ला भन्दै बस्नुको शिवाय अर्को कुनै विकल्प नहरेको धेरै नेपालीको कथन छ। भने कोइ छुट्टि लिएर दुई तिन महिना यताबाट कोठामा बस्दै आएकाहरु पनि कम छैनन। कम्पनिले भनेको दिन अनि समयमा नपठाएपछि यो दशैमा पनि घर नपुगिने हो कि भन्ने निराषा अर्को पनि रहेको छ। पहिले जसो जहाजको टिकट नपाएर घर जान नपाएका गुनासाहरु आएपनि अहिले कतारमा टिकटको अभाव नभएको र केहि मङ्गो भने भएको कतारको एक टुर एण्ड ट्राभ्लसमा कार्यरत अर्घाखाँचीका किरण न्यौपानेले बताए।