घर भित्रै पसेर बाघले मान्छे खायो

– कमला बस्नेत


 

गुल्मी – दरबार देविस्थानकी एक बृद्धालाइ बाघले खाएको छ । गए राती घरभित्रै पसेको बाघले दरबार देविस्थान ४ भलाएचौर निवासी ६० वर्षिया बृद्धा रेनुकला खत्रीलाइ बाघले खाएको हो ।

 

“राती कतिबेला पस्यो भन्ने एकिन भएन”, स्थानिय पत्रकार राम केसीले भने, “बिहानपख थाहा भयो, बृद्धाको शब पहिचान नै गर्न नसक्ने अवस्थामा छ ।”


“मासु पुरै खाएको छ, हड्डी मात्रै बाँकी छ” उनले भने, “त्यो दर्दनाक दृश्यले गाउँ शोकमग्न र त्रसित छ ।” खत्री घरमा एक्लै बस्दै आएकी थिइन ।

 

प्रहरीलाई सुचित गरिएको र घटनास्थल तर्फ आउँदै गरेको केसीले जानकारी दिए । घटनास्थल सदरमुकाम तम्घासबाट सवारीसाधनमा आधा घण्टाको दुरिमा छ ।

अन्य समाचारहरु