
काठमाण्डौ । पत्रकार तारा रेग्मीको हृदयघातवाट निधन भएको छ । न्यूज २४ मा स्थापनाकालदेखि नै समाचार वाचककारुपमा कार्यरत दाङ तुलसीपुर ६, का २६ वर्षीय पत्रकार रेग्मीको मंगलवार विहान ४ बजे हृदयघातवाट निधन भएको हो ।
विहान ४ बजेतिर हृदयघात भई एक्कासी चिच्चाएका रेग्मीलाई उनकी बहिनीहरुले तत्काल महाराजगञ्जस्थित शिक्षण अस्पताल पुर्याएका थिए ।
तर अस्पताल पुर्याए लगत्तै चिकित्सकले रेग्मीलाई मृत घोषित गरेका थिए ।
२०४३ सालमा बाबु सेवकराम रेग्मी र आमा टिका रेग्मीको कोखवाट जन्मिएका स्वर्गिय रेग्मी परिवारका एक्ला छोरा हुन् । उनी आफ्नी दुई बहिनीहरुका साथ लाजिम्पाटस्थित डेरामा बस्दै आएका थिए ।