यसै शिलशिलामा बिजया दशमीको नजिकै पारेर बिगत् लामो समय देखि युएइ प्रवासमा कार्यरत प्रवासी नेपाली संघ युएइले “बडा दशै २०६९ को भेटघाट तथा शुभकामना आदान प्रदान सहितको पिकनिक “ कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी १९ अक्टोबर २०१२ का दिन दुबइको जाबिल पार्कमा आयोजना हुने उक्त कार्यक्रमका संयोजक संघका केन्द्रिय सदस्य तथा प्रवासी नेपाली युबा संघ युएइका अध्यक्ष महेश गिरीले दशै समस्त नेपालीहरुमा निकटता र भाइचारा बढाउने तथा एक आपसका तिक्तता र कटुताहरू मेट्दै सामिप्यता बढाउने र दु:ख पीडाहरू भूलेर एक आपसमा मिलेर खुसियालिपुर्बक साथ साथ मनाउने राष्ट्रिय पर्बको रुपमा रहेकाले प्रवासी नेपाली संघले युएइ प्रवासमा रहनु भएका सम्पुर्ण संगठन , संघ संस्थामा आबद्ध नेपाली समुदाय तथा आम नेपाली दाजु



