
नुवाकोट । चाडपर्व नजिकिदै गर्दा नुवाकोटमा जिल्ला पशुसेवा कार्यालयले सदरमुकाम विदुर र आसपासका बजारहरुमा मासु पसलको अनुगमन गरेको छ । अनुगमनका क्रममा विदुर, बट्टार र त्रिशुली क्षेत्रका मासु पसल हेरिएको थियो ।
अधिकांश मासु पसलले पहिलो पटक अनुगमन गर्दा दिएको निर्देशन पालना गरेको पाइयो र केहीले भने अझै वेवास्ता गरेको पाइएको अनुगमनकर्ताले बताएका छन् ।





