काठमाडौं, पूर्व प्रधानमन्त्रि एम एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बेल्जियम प्रस्थान गर्दैछन्। चार सदस्यीय टोलीसहित उनी बेल्जियमस्थित नेपाली जनप्रगतिशील मोर्चाको कार्यक्रममा सहभागीता जनाउन त्यसतर्फ जान लागेका हुन् l
उनले त्यहाँ नेपालीहरूका कार्यक्रममा भाग लिनुका साथै युरोपेली संसद र आयोगलाई सम्बोधन गर्नेछन् । उनले त्यहाँ राजनीतिक संक्रमणकालीन अवस्थाको विषयमा भाग लिनेछन्।
दाहालसँगै बेल्जियम जाने टोली सदस्य युवराज चौलागाईंका अनुसार १३ र १४ तारिखमा नेपाली संस्थाहरूको कार्यक्रममा भाग लिनेछन्। १५ र १६ तारिखमा संसद र आयोगमा सहगाभी हुने कार्यक्रम छ।
पार्टी अन्तर्राष्ट्रिय ब्युरो सदस्य चौलागाईंका अनुसार १६ तारिख नै त्यहाँस्थित लेभेम विश्वविद्यालयमा दाहालले प्रवचन दिने कार्यक्रम छ। बिहीबार बिहान दाहाल, संगठन विभाग प्रमुख कृष्णबहादुर महरा, चौलागाईं र स्वकीय सचिव शिव खकुरेल दुबई हुँदै बेल्जियम प्रस्थान गर्ने कार्यक्रम छ। महरा र चौलागाईं दुबईको एक कार्यक्रममा पनि सहभागी हुनेछन्। बेल्जियमको कार्यक्रम तयारीका लागि पार्टी अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज राम कार्की त्यहाँ पुगिसकेका छन्।