प्रधानमन्त्रीद्धारा स्वयंसेवी राजदूतको रुपमा विदेशमा सकारात्मक प्रचार गरी लगानी भित्र्याउन गैरआवासिय नेपालीहरुलाई आग्रह

 लगानी भित्र्याउन गैरआवासिय नेपालीहरुलाई प्रधानमन्त्रीको आग्रह काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वयंसेवी राजदूतको रुपमा विदेशमा सकारात्मक प्रचार गरी लगानी भित्र्याउन गैरआवासिय नेपालीहरुलाई आग्रह गर्नुभएको छ । गैर आवासिय नेपाली संघ (एनआरएनए) को १० औं स्थापना दिवसको अवसरमा बिहिबार राजधानीमा गरिएको कार्यक्रममा उहाँले लगानी भित्र्याउन सकारात्मक प्रचारमा जोड दिनुभएको हो ।


राजनीतिक परिवर्तन पछि पनि प्रशासनतन्त्र परिवर्तन हुन नसकेको भन्दै प्रधानमन्त्री भट्टराईले उद्यमीमैत्री र लगानीमैत्री प्रशासनका लागि आफू लागि परेको दाबी गर्नुभयो ।


आगामी हिउँमा लोडसेडिङ्ग कम गर्न सरकार लागि परेको पनि प्रधानमन्त्रीको भनाइ छ । संघका अध्यक्ष जीवा लामिछानेले मुलुकको पछिल्लो आर्थिक, सामाजिक र राजनीतिक संक्रमणकालिन अवस्थाप्रति गैरआवासिय नेपाली संवेदनशील रहेको बताउनुभयो । संघले काठमान्डौं