ताप्लेजुङमा दशैं, तिहारलाई ध्यानमा राख्दै राति ८ बजेपछि मदिराको बिक्री वितरणमा प्रतिबन्ध

– खगेन्द्र अधिकारी

 

ताप्लेजुङ – ताप्लेजुङ प्रहरीले दशैं, तिहार तथा छठलाई ध्यानमा राख्दै यो अवधिमा राति ८ बजेपछि मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। 

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार ढकालको अध्यक्षतामा बसेको बैठकले खुल्ला मदिराजन्य पदार्थ बिक्री वितरण तथा ओसारपसारमा रोक लगाउने, बैंक तथा वित्तीय संस्था तथा सुन चाँदी सम्बन्धी कारोबार गर्ने क्रममा शंकास्पद गतिविधि देखिएका प्रहरीलाई खबर गर्ने र सुरक्षाका दृष्टिले संवेदनशील देखिएका स्थानहरुमा प्रहरी परिचालनलाई व्यापक बनाउने निर्णय गरेको छ।

प्रहरी प्रमुख ढकालले शान्ति सुरक्षा मजबुत बनाउने प्रयास स्वरुप यस्तो गरेको बताए।

अन्य समाचारहरु