इन्टरनेशनल टेलिकम युनियनको सम्मेलनमा भाग लिन सञ्चारमन्त्री यादव दुबईमा

नुन सोमै मगर

 

सञ्चारमन्त्री राजकिशोर यादव इन्टरनेशनल टेलिकम युनियनको सम्मेलनमा भाग लिन शनिबार संयुक्त अबर इमिरेट्सको दुबई गएका छन।

सात दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन ५ जना प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सञ्चार मन्त्री यादव दुबई गएका हुन । सम्मेलनमा दूरसञ्चारको राष्ट्रिय/अन्तर्राष्ट्रिय नीति, दूरसञ्चारसँग सम्बन्धित उत्पादन र प्रविधिबारे छलफल हुने बताइएको छ ।


भ्रमण्नाका क्रममा सञ्चारमन्त्री यादवले युएईका समकक्षीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका क्रममा दुई पक्षीय हित र नेपालको दूरसञ्चार क्षेत्रमा युएईले गर्ने लगानीको सम्भावनाबारे छलफल हुने मन्त्री यादवले बताउनुभयो ।


सञ्चार मन्त्रालयले सन् २०१५ सम्ममा अन्तरिक्षमा भूउपग्रह प्रक्षेपण गर्ने लक्ष्य राखेको र यस महत्वाकांक्षी योजनाको नियमक संस्थाको रुपमा सम्मेलनको आयोजक इन्टरनेशनल टेलिकम युनियन रहेकोले त्यस सम्मेलन र अन्य बैठकमा भूउपग्रह प्रक्षेपणका विविध विषयमा समेत मन्त्री यादवले गहन छलफल गर्नुहुनेछ । मन्त्री यादव कात्तिक १ गते नेपाल फर्किने कार्यक्रम छ ।