भक्तपुर – काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ जाँदै गरेको एक कारले भक्तपुरतर्फ जाँदै गरेका दुईवटा मोटरसाइकललाई मध्यपुरथिमिको राधेराधे अगाडि एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
घाइते दुवैको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। घाइते सापकोटाले भक्तपुरको सङ्ग्रहालय हेर्न दुईवटा मोटरसाइकलमा आएको तर राधेराधे पुगेपछि पछाडिबाट हर्नसमेत नबजाई तीव्र गतिमा आएको कारले साथीको मोटरसाइकललाई ठक्कर दिएको बताए।
मृतकहरूको शरीर क्षतविक्षत भएको छ भने ठक्कर दिने कार सडकमै दुई फन्का घुमेर अगाडिको भाग पूरै क्षतिग्रस्त भएको छ।
ठक्कर दिएलगत्तै फरार रहेका कारका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले बताए। रासस



