एकिकृत माओवादीका कृण्ण बहादुर महरा युएईमा, सहमतिको विकल्प नरहेको कुरा व्यक्त

लक्ष्मण खनाल

 

युएई – पुर्व उपप्रधान तथा गृहमन्त्री एवम् एकिकृत नेकपा माओवादीका संगठन विभाग प्रमुख कृण्ण बहादुर महराले सहमतिको विकल्प नरहेको कुरा व्यक्त गर्नुभएको छ ।

 
एनआरएनए एनसिसि युएई ले आयोजना गरेको नेपालको बर्तमान राजनैतिक अवस्था विषयक अन्र्तकि्रया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले अहिलेको नेपालको राजनीति निकासका लागि दुइ प्रकारले जान सकिने जसम संविधानमा सहमती गरेर संविधान जारी गर्ने वा नयाँ सरकार वनाएर  नयाँ चुनावमा जान सकिने बताउदै यी दुबै पक्षहरुको कार्यन्यवन गर्न दलहरु विचको सहमती आवश्यक छ र यही  आउँदो कत्र्तिक सम्ममा सहमति हुने आशा पनि व्यक्त गर्नु भयो साथै उहाँले कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै नेपालमा स्थिरता नचाहने केही विदेशी शक्ति केन्द्र तत्व र स्वदेशी प्रतिकि्रयावादीहरुले संविधान बन्न नदिएको आरोप पनि लगाउनुभयो तर त्यस्ता विदेशी शक्ति केन्द्रहरु कुन हुन भन्ने प्रश्नमा भने सबैलाई थाहा भएकै कुरा हो भन्दै उहाँ खुल्न चाहनुभएन । जातिय पहिचान सहितको संघियता एनेकपा माओवादीको प्रमुख एजेण्डा भएकोले त्यो भन्दा वाहिर गएर सहमती नहुने कुरा पनि बताउनु भयो ।


 कार्यक्रमका सभापति तथा एनआरएनए एनसिसि युएईका अध्यक्ष चन्द्र रोकाले बैदेशिक रोजगारमा नेपली कामदारहरुले स्वदेश तथा विदेशमा भोग्नु परेका समस्याहरु औल्याउदै त्यसको उचित समाधानको लागि सरकारको ध्यनाकर्षण गर्न अग्रह गर्नुभयो ।


एनआरएनए एनसिसिका गोपाल कँडेलको साचालन रहेको उक्त कार्यक्रम मा स्वागत मन्तव्य राख्दै एनआरएनए एनसिसि का प्रवक्ता निमेष गिरीले  प्रवासी नेपालीहरुका समस्या र राजनैतिक कौतुहलताहरु राख्नु भएको थियो भने  उक्त कार्यक्रममा अतिथिहरु एनआरएनए आईसिसिका मध्यपुर्व संयोजक एल एन सुवेदी नेपाली समाज युएई का महासचिव प्रकाश कोइराला नेपाली जनप्रगतिशिल माच कतारका अध्यक्ष रमेश भट्ट नेपाली जनप्रगतिशिल माच युएईका बर्तमान अध्यक्ष हेमन्त पौडेल तमु समाजका डि आर तमु  नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष अर्जुन दाहाल प्रवासी नेपाली संघका सहसचिव गितामणी पाण्डे स्याङ्गजा सहयोज समाज युएई का कार्यबाहक सचिव लक्ष्मण खनाल लगायत विभिन्न संध संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।