भारतको बंगलौरमा कानुन अध्ययन गरिरहेकी एक नेपाली युवती सामूहिक बलात्कार

भारतको बंगलौरमा कानुन अध्ययन गरिरहेकी एक नेपाली युवती सामूहिक बलात्कारको शिकार भएको भारतीय समाचार एजेन्सी डिएनएले आज जनाएको छ।

 २२ वर्षकी युवतीलाई आठ जनाको समूहले शनिबार यौन दुर्व्यवहार गरेको सो समाचार एजेन्सीले बताएको छ।


 युवतीको परिचय खुलाइएको छैन तर उनी कानुनको दोस्रो वर्षको विद्यार्थीभनिएको छ। समाचार एजेन्सीका अनुसार  आफ्ना ब्वाइफ्रेन्डसँग शनिबार राति बंगलौर युनिभर्सिटीनजिकै घुमिरहेको बेला यो घटना भएको हो। उनीहरुले पहिले पैसा र गहना मागेका थिए।

आफ्नो पर्स कारमा रहेको बताएपछि उनीहरुले निर्मल (ब्वाइफ्रेन्ड) लाई लिएर आउन धम्क्याएका थिए। पैसा लिएर फर्कँदा युवतीसहित त्यो समूह गायब थियोभारतको बंगलौरमा कानुन अध्ययन गरिरहेकी एक नेपाली युवती सामूहिक बलात्कारको
त्यसपछि उनी फेरि ल क्याम्पस गए, त्यहाँ भेटिएका एक प्रहरीलाई घटना बारे बताएपछि दुवैले टर्चलाइट बाल्दै खोज्न थाले। प्रहरीले चार किलोमिटर टाढाको ज्ञानभारती क्याम्पस नजिकैको जंगल क्षेत्रमा युवतीलाई फेला पारे। उनको लुगा च्यातिएको थियो। प्रहरीलाई उनले आफूसित यौन दुर्व्यवहार भएको उजुरी दिएकी छिन्।  

Source:Nagarik

अन्य समाचारहरु