– उमाकान्त पाण्डे गाउले
सम्युत्त अरब एमिरेट्स यूएईको दुबइमा सामुहिक दसैं तिहार कार्यक्रम गरिने भएको छ । त्यहा रहेका सम्पूर्ण संघसस्था मिलेर कार्यक्रम गर्ने भएका हुन । संघसस्थाका प्रतिनिधिको उपस्थितीमा बसेको बैठकले सबै प्रतिनिधिलाई समेट्ने गरी मुल आयोजक समिति र त्यसैको मातहतमा रहने गरी बिभिन्न उप-समिति निर्माण गरि दसैंको अवसरमा सामुहिक टिका ग्रहण एवम शुभकामना आदान प्रदान गरीने भएको हो ।
बरदुबईमा रहेको याक एन्ड यती रेस्टुरेन्टमा बसेको संघसस्थाको सामुहिक बैठकले सामुहिक रुपमा शुभकामना आदान प्रदान एवम टिका ग्रहण सास्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको थियो । बैठकले कार्यक्रमको मुल आयोजक समितिको समयोजकमा कृष्ण ढकाल लाई जिम्मा दिएको छ ।
संघसस्थाहरुले सामुहिक रुपमा दसैं तिहार शुभकामना आदान प्रदान एवम टिका ग्रहण कार्यक्रम गर्ने भएकोले यहाँ स्थित अन्य संघसस्थालाई सोही दिन समय नजुदाउन र दसैं तिहार लाई प्रवासमा एकै साथ मनाएर उदाहरणिय कार्य गर्न आफुहरु लागिपर्ने संघसस्थाका प्रतिनिधिले प्रतीबद्दता समेत जनाए।
कार्यक्रमलाई यूएईमा कार्यरत सबै नेपालीको पहुच सम्म पुराउन दुबइमा रहेको जबिल पार्कमा अक्टोबर २६ शुक्रबार गरिने भएको छ ।
प्रवासमा रहेर नेपाली पनको झल्को मेटाउन कार्यक्रममा सोही अनुसारको नेपाली परिकार बनाउने र उपस्थिती सबैलाई न्युनतम शुल्कमा परीकार खुवाउने ब्यबस्था गरिने कार्यक्रम मुल आयोजक समितिले जनाएको छ ।
यहाँ रहेका सम्पूर्ण संघसस्थालाई पत्राचार तथा संपर्क गरी कार्यक्रम सम्बन्धी जानकारी गराई कार्यक्रममा सहभागी संघसस्थाको नामावाली सार्वजनिक गरिने छ । संघसस्थाको सहभागितामा हुने भएकोले मिलेर कार्यक्रम गर्दा बाहिर सकारात्मक सन्देश दिन सकिने भएकोले यसो गर्न लागिएको हो ।
सामुहिक रुपमा कार्यक्रम गर्न सके यूएईमा दुई वटा दसैं मनाइएको नहोश भन्नकाका लागि यसरी सामुहिक रुपमा दसैं मनाउन लागिएको हो । कार्यक्रमलाई सफल पार्न यहाँ रहेका प्राय सम्पूर्ण संघसस्थाले उपस्थिती जनाउने प्रतीबद्दता गरेका छन । दसैं तिहारलाई मध्यनजर गर्दै सामुहिक रुपमा कार्यक्रम गरिने भएकोले कुनै एक वा अन्य एक दुई सस्थाको मात्र नाम सार्वजनिक नगरि सम्पूर्ण सहभागी सस्थाको नामावाली सार्वजनिक गरिने भएकोले अन्य बाँकी संघसस्थालाई पनि यसै समाचार मार्फत तथा अहिले सम्म उपस्थित हुने संघसस्थाका प्रतिनिधि सम्मिलित कार्यक्रम मुल आयोजक समितिलाई सम्पर्क गर्न सकिने जानकारी कार्यक्रम मुल आयोजक समितिले जनाएको छ ।
कार्यक्रम सम्बन्धी अन्य थप जानकारी आबश्यक परे
स्थान: दुबइको जबील पार्क
समय: दिन को दिउस १ बजे
सुल्क: २० दीराम
संपर्क नम्बर :
कृष्ण ढकाल – ०५०-४८२३०७२,
गोपाल कडेल – ०५५-५५७८१५८,
बिदुर राउत : ०५५-९०१८८६८,
राजु खड्का – ०५५-२६७०९४३,
भिम अधिकारी – ०५०-२५०७६१८,
बाबु राम पौडेल – ०५५-६६५६१०६,
डी यल शर्मा – ०५०-४९८७६९०,
रवि लाल खनाल – ०५५-९८४१२५८,
श्याम पोख्रेल – ०५५-४६३६५५१,
कृष्ण भुसाल – ०५५-९०४७७२८,
रबिन्द्र लामा ; ०५५-९५०७५६२
रहेका छन । कार्यक्रममा सम्पूर्ण यूएई वासी नेपालीलाई उपस्थितीका लागि यसै समाचार मार्फत अनुरोध गरिएको छ ।