भक्तपुर, आश्विन ३० – भक्तपुरको मध्यपुर थिमी बोडेस्थित ओमबहादुर खडाको कुखुरा फर्ममा बर्डफलुको भाइरस (एच५एन१) भेटिएको छ । केन्द्रीय भेटेनरी प्रयोगशालामा परीक्षण गर्दा उनको र्फमको कुखुरामा बर्डफलुको भाइरस भएको पुष्टि भएपछि नष्ट गरिएको हो । पशु सेवा निर्देशनालयका अनुसार नेपाल २४ औ पटक यस्ता भाइरस देखा परेको हो ।
परिक्षणबाट २६ गते राती मात्रै बर्डफ्लु संक्रमणको पुष्टि भएपछि सोमबार सात सय ८० कुखुरा नष्ट गरेको पशु स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक डा. नारायण घिमिरेले बताए । उक्त फार्म भक्तपुर र काठमाडौंका विभिन्न स्थानमा पानी वितरण गर्ने प्रशोधन केन्द्रसंगै जोडिएको छ ।



