दशैँमा हिँडेका यात्रुका गहना लुटिन थालेपछि बसमा सुरक्षाकर्मी परिचालन

बसमा यात्रा गर्ने यात्रुको धनमालको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रहरी कार्यालय रसुवाले आजदेखि छोटो तथा लामो दूरीमा चल्ने सबै यात्रुबाहक बसमा प्रहरी परिचालन गरेको छ।

 

जिल्ला प्रहरी प्रमुख सुदीप गिरीका अनुसार दसैँ पर्व मान्न हिँड्ने यात्रुले लगाएका गरगहना लुटिन सक्ने सम्भावना र अर्कातर्फ बसको छतमा यात्रु राख्ने प्रथालाई पूर्ण अन्त गरी जिउधनको संरक्षण गर्न प्रत्येक यात्रुवाहक बसमा सुरक्षा प्रहरी तैनाथ गरिएको हो।

 

 स्याफ्रुबेँसीदेखि वेत्रावतीसम्म प्रत्येक बसमा सुरक्षा दिने र लुटेरा तथा डाकासँग मुकाबिला गर्न आवश्यक बन्दोबस्तीका साधनसमेत प्रहरीको साथमा रहने बताइएको छ।


बसको सुरक्षा व्यवस्थाले रसुवाली नागरिकमा उत्साह छाएको र भावी दिनमा मजबुत सुरक्षा प्रदान गर्न नेपाली प्रहरी थप सक्षम हुने विश्वाससमेत बढेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले जानकारी दिए।

 

Source:Nagarik

अन्य समाचारहरु