– उमाकान्त पाण्डे गाउंले
आफ्नो जिल्ला बाट बिदेशमा छरिएर रहेका अर्घेलीलाई सगंठित गर्दै अघी बड्ने योजना बोकेका अर्घाखाँचीका युवा हुन राजु खड्का । सन्धिखर्क ६ छापडाडा, अर्घाखाँचीमा जन्मिएका खड्का अहिले सम्युत्त अरब एमिरेट्स यूएईको सारजाहमा कार्यरत छन ।
एक बहुरास्ट्रिय ग्रुप अफ कम्पनीमा कार्यरत उनी अहिले यूएईमा रहेको अर्घाखाँची बासीको साझा चौतारी अर्घाखाँची संपर्क समिति यूएईका अध्यक्ष समेत हुन ।
अर्घाखाँची बाट ७ बर्ष पहिले बिदेशिएका उनी यूएईमा रहेका संघसस्था बिच बुद्दिजिवी वर्गको रुपमा चिनिन्छन । सामाजिक सेवामा छोटो समयमा पनि स्थापित नाम हो राजु खड्का । संघसस्थाका अन्तरकृया एवम छलफलका कार्यक्रममा सर्वसाधारणको बोली बोल्ने उनी परेको बेला डटेर सामाजिक कामका लागि अघी बड्ने गर्छन् । आफुलाई मनमा लागेको कुरा लाई निर्धक्क भएर जमातका माझ राख्न सक्ने ब्यात्तीको रुपमा पनि उनी पारीचित छन । साहित्य र पत्रकारिता लाई समेत रुचीको बिषय ठान्छन उनी । अर्घाखाँची डट्कम् लाई आफ्नो एउटा नजिकको संचार सस्था भएको महसुश गर्ने उनी बैदेशिक बसाइमा रहदा डट्कम् नियमित हेर्ने गरेको बताउछन ।
बिदेशमा रहदा बचेँको समयलाई जिल्ला बिकास र जिल्लावासीको हितमा कसरी ल्याउन सकिन्छ भन्ने बारे उनी प्राय घोत्लिने गर्छन् । साथीहरुले सधैं सुझाब दिनुहुन्छ ” अर्घाखाँची बासीको विश्व सन्जाल बनाउ ” खड्काले भने । अहिले म त्यसै कार्यलाई अगाडि बडाउन सबैलाई संपर्कमा ल्याउदै छु ।
सुरुमा तदर्थ समिति बनाउछौ त्यस पछी सोही समितिले कार्य समिति बनाउने छ ‘जिल्ला बासी जहाँ हुनुहुन्छ संपर्कमा आउनुस् ” खड्का ले एक रेडियो कार्यक्रम मार्फत अनुरोध गरे ।
रुपन्देहीको मुर्गियामा रहेको रेडियो मलमलाको कार्यक्रम कथा प्रदेशको आग्रह स्वदेशको मा अन्तरवार्ता दिदै उनले यसो भनेका हुन । अर्घाखाँची डट्कम् को समन्व्यबमा उनले त्यो भलाकुसारी गरेका हुन । प्रस्तुत छ उनीसग रेडियो मलमलाका कार्यक्रम उत्पादक प्रमुख खिम श्रेष्ठले लिएको यूएई-नेपाल फोन इन कुराकानीको पुर्ण अशं :



