महेन्द्रनगर । भारतमा बस दुर्घटनामा एक नेपालीको मृत्यु भारतको हरिद्वारबाट तिर्थालु लिएर नेपाली सीमा क्षेत्र बनबास आउँदै गरेको बस उद्धमसिंह नगरको नानकमत्ता नजिक दुर्घटना हुदा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा ३० जना भन्दा बढी घाइते भएका छन् । घाईतेहरु मध्ये धेरै नेपाली रहेको र दुई जनाको अवस्था गम्भिर रहेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।
घाइतेहरुको भारतको घटिमास्थित अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परेका अधिकांश नेपाली भएको खबर आएपछि सीमा प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायव निरीक्षक नेत्रप्रसाद भट्टको नेतृत्वमा नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ ।
RSS