अरिङ्गालको टोकाईबाट बाजुरा मार्तडीमा एक बालिकाको मृत्यु

बाजुरा । अरिङ्गालको टोकाईबाट  बाजुरा मार्तडीमा एक बालिकाको मृत्यु भएको छ ।

 

घरनजिकै साथीहरुसँग खेलिरहेको अवस्थामा एकाएक अरिङ्गालले टोकेपछि जयराज जैशीकी छोरी जानकी जैशीको मृत्यु भएको हो । अरिङ्गालले टोकेर अर्का एक बालिका घाईते भएकी छन् ।

 

उनको स्थानीय उपचार केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

 

– RSS

अन्य समाचारहरु