हार्वर्ड (Harvard )छोडी मातृभूमिको सेवामा

– विजय थापा

 

भर्जिनिया, सयक्त राज्य अमेरिका – अमेरिकाको हार्वर्ड (Harvard )बिश्व विद्यालयका अनुसन्धानकर्ता तथा बिश्व कै पहिलो स्थानमा रहेको सर्बोत्कृष्ट अनुसन्धान तथा शिक्षण अस्पताल -जन हप्किन्स अस्पतालमा  कार्यरत नेपाल आमाका एक सच्चा सुपुत्र सुदिप श्रेष्ठ (पी एच डि ) मुलुकको सेवाको निम्ति स्वदेश फर्केका छन l  नेपाल र नेपालीहरुको निम्ति सेवा गर्नु पर्छ भन्ने भावनाबाट ओतप्रोत भएका एक मृदुभाषी तथा सरस्वतीका वरत पुत्र अन्तत्वगत्वा देश दुखेको हेर्न नसकी ए एन ए नेपाल ग्रामिण बिकाश परियोजना कार्यक्रमको साथ नेपाल पुगेका  छन् l अमेरिका जस्तो मुलुकमा अध्ययन गरे पश्च्यात स्वदेश फर्की नेपाल र नेपालीहरुको सेवा गर्ने सपुत नेपाल आमाले कम जन्माउछन l अमेरिकामा अध्ययन गरि नेपाल फर्की निजामती,राजनैतिक ,चलचित्र तथा अन्य क्षेत्रमा यस्ता व्यक्तिहरु देश सेवा गरि रहेका छन् l यो अवसरको भुमि -अमेरिका छोडी मातृभूमि प्रति समर्पित हुनेको संख्या कम छ किनभने अधिकांशले यो भौतिक सुबिधा त्याग्न गर्न चाहदैनन् l महाबिर पुन पनि मातृभूमिको सेवाको लागी अमेरिका छोडे र उनि एक उदाहरण भएका छन l सुदिप श्रेष्ठ (पी एच डि ) लाई अमेरिकाको भौतिक सुख र सुविधाले छोएन l आर्थिक रुपले यस्ता बिश्वबिद्यालयमा संलग्न थिए र प्रशस्त धन कमाउन सक्दथे तर धनको डकार कहिले नआउने हुनाले यो स्वार्थमा उनि अल्झिएनन l
 
उदेश्य के लिनु उडी चन्द्र छुनु भने जस्तै एउटा गुरु योजना तैयार पारे l पढाई समाप्त गर्न साथ अधिकाश अमेरिकामा बसोबास गर्नेहरुलाई उत्प्रेरणा गर्दै गए l आफ्नो परियोजनाको उदेश्य नेपाल र नेपालीको बिकाश र उन्नतिको लागि भन्दै प्रशस्त मेहनत गरे l यो योजनाको लागि युरोप भ्रमण गर्न पनि पछि हटेनन l हार्वर्ड विश्व बिद्यालयमा नेपालीहरुले पढ्न पाउनु भाग्यशाली ठान्नु  पर्छ त्यसमा पनि यस बिश्व बिद्यालयमा अध्ययन र सोध अनुसन्धानमा कार्यरत हुनु त्यतिनै नेपालीहरुको लागि गौरबको बिषय हुन्छ l डा सुदीप  श्रेष्ठ भाग्यशालि ठहरिए किनभने आफु भित्र निहित ज्ञानको ज्योतिको दैलो खोल्दै हार्वर्ड(Harvard) र जन हप्किन्स अस्पतालमा (John Hopkins Hospital )नेपालीको नाम राख्न सफल भए l

अमेरिकामा बस्ने र नागरिक लिनु पर्ने लोभ लालचलाई किनारा लगाउदै डा सुदिप श्रेष्ठलाई मुलुकले मोहनी लगाई छोड्यो र त्यो साईनोले आखिर जिती छाड्यो l हर्षले बिभोर हुदै मेरो देश ,हामी जस्ता पढे लेखेकाहरुले देश बनाउनु पर्छ र हाम्रो कर्तब्य हो भन्दै नेपाल आमाको सेवाको निम्ति हाजिर भएका छन l नेपालबाट अमेरिका आउने प्रधान मन्त्रि ,मन्त्रि ,बुद्दिजीवी ,समाजसेवी ,उद्योगपति ,ब्यापारी र अन्य सबैलाई अमेरिकाको भ्रमण रहदा भेट गरि आफ्नो योजनाको जानकारी गराउन कहिले पछि परेनन् lडा बाबुराम भट्टराई अर्थमन्त्री हुदा समेत पहिलो पटक आफ्नो कुरा राख्न भ्याएका यिनी भर्खरै मात्र प्रधान  प्रधान मन्त्रि डा बाबुराम भट्टराईसंग काठमाडौँमा अन्तरक्रियात्मक कार्यक्रम गरि भेटघाट गरि छाडे डा सुदिप श्रेष्ठले  l गत जुन २९ देखि जुलाई १ तारिख ,२०१२ मा ३० औ (ए एन ए )दि एसोसीएसन् अफ नेपालीज इन अमेरिका को टेक्सास सम्मेलनमा उनले देखाएको उत्कृष्ट प्रदर्शन र उत्प्रेरणावाट उनको ए एन ए -नेपाल ग्रामिण बिकाश परियोजनाले झन् उचाई प्राप्त गर्यो l रुसवाट आमन्त्रित गरिएका गैर आवाशीय सघ ,एन आर एन का  संस्थापक /अधक्ष्य डा उपेन्द्र महतो अत्यन्तै उत्साहित हुदै १० लाख डलर लगानी गर्ने प्रतिबद्दता गर्ने जाहेर गर्नु भएको थियो l


डा सुदिप श्रेष्ठ सुनसरी धरान निवासी हुन् , धरान हात्तिसार महाविद्यालयबाट खाद्य प्रबिधिमा अध्ययन गरि ,अमेरिकाको कनेक्टिकूट बिश्वबिद्यालयबाट खाद्य तथा पोषणमा बिषेशज्ञता प्राप्त गर्दै हार्वर्ड (Harvard)अनि जन हप्किन्स (John Hopkins)अस्पतालमा सेवा गर्दै आफ्नो जन्मभूमिको आगनमा पाईला टेकी छाडे  l ए एन ए नेपाल ग्रामिण बिकाश परियोजनाको मुख्य लक्ष्य गरिब ग्रामिण किसान परिवारहरुलाई लक्षित गरिने छ l किसानहरुले उत्पादन गरेको कृषिको उब्जनीहरुलाई उचित स्थानमा बजारीकरणको व्यवस्थापन गर्ने ,उत्पादकता बृद्दी ,उनीहरुको उब्जाएको तरकारीलाई सुरक्षा आदि ईत्यादी रहेको छ l परदेशमा रहे पनि स्वदेशको बिकाशको लागि यो परियोजना थालनी गरिने हुनाले अमेरिकामा रहेका बिभिन्न क्षेत्रमा रहेकाहरुले अभिरुची देखाई आफ्नो ईक्षा अनुसार लगानी गर्ने प्रतिबद्दता  जाहेर गरि रहेका छन् l यो परियोजनाको शुभारम्भ सुनसरी धरानबाट शुरुवात गर्ने र कालान्तरमा अधिराज्यभरी लाने लक्ष्य गरिएको छ l यो गुरु योजनाले ग्रामिण स्वास्थ्य ,शिक्षा ,कृषि र अन्य क्षेत्रमा कार्य गर्ने छ र प्रारम्भिक चरणमा कृषि क्षेत्रलाई प्राथमिकता दिदै यसको कारवाही सुरु गरिने योजना तर्जुमा गरेको छ l डा  सुदिप श्रेष्ठको पहलमा ए एन ए नेपाल आधिकारिक रुपमा दर्ता गरि सामाजिक कल्याण परिषद समेतवाट दर्ता प्रमाण पत्र प्राप्त गरि नेपाल ए एन ए कार्यालय सम्म खोलि सकेको छ l यसको लागि स्थानीय रुपमा समाजका बिभिन्न क्षेत्रसंग सम्बन्धित सबैलाई समेटी एक कार्यदल गठन गरि अहोरात्र यो योजना प्रति पूर्ण लगनसाथ कडा मेहनत गरि रहेका छन l
 
समाज सेवा सबै भन्दा ठुलो धर्म हो भन्ने आदर्श मुल्य र मान्यताका पुजारी डा  सुदिप श्रेष्ठ  सरल जीवन व्यतित गर्ने र मातृभूमिको सेवा प्रति चिन्तित एक देश प्रेमी र समाजसेवी हुन् l हामी सबैका प्रेरणाका श्रोत हुन् l यस्ता देश प्रेमी ,समाज सेवी नेपाल आमाले पटक पटक जन्माउनु पर्छ l यस्ता अद्वितीय समाजसेवीले लिएको सपना साकार हुनेछ l डा  श्रेष्ठको नेतृत्वमा रहेको यो परियोजना एक कोशे ढुंगे साबित हुने छ भन्ने विश्वास छ l