यस बर्ष बाजुरा जिल्लामा दशैतिहारमा खाद्यसंङ्कट नहुने

बाजुरा । बाजुरा जिल्लामा दशैतिहारमा यस बर्ष खाद्यसंङ्कट नहुने भएको छ ।

 

यस बर्ष दशै अगाबै खाद्यान्न आई पुगेका कारण समस्या टरेको हो । सदरमुकाम मार्तडीमा रहेको नेपाल खाद्यसंस्थान शाखाले दिएको जानकारी अनुसार जिल्लामा नियमित चामल आएका कारण दशैमा समस्या नहुने कुरा निमित्त कार्यालय प्रमुख मेखराज ओझाले जानकारी दिएका छन् । अहिले कोल्टीमा हवाईजहाज र मार्तडीमा खच्चरबाट चामल आई रहेको छ ।


तर जिल्ला सदरमुकाम मार्तडी सम्म सडक नपुगेका कारण बजारमा दशैका लागि आवश्यक सामानको भने भाउँ तिरी नसक्ने गरी बढेको छ । १९ बर्ष पहिले शिल्यान्यास भएको साँफे मार्तडी सडक खण्ड ५७ कीलो मिटर सडक हाल सम्म सम्पन्न हुन नसकेका कारण जनताले यो समस्या भोग्नु परेको हो ।

 

RSS

अन्य समाचारहरु