यहि आउदो नोभेम्बर ५ तारिख का दिन स्कटल्याण्ड को ग्लासगो सहर स्थित भिटोरिया हल मा मेरी बास्सै का कलाकार धुर्मुस अनि शुन्तली को साथ् मा पप गायिका जुनु प्रसाई ”दशैँ तिहार सांगेतिक साझ” मा भाग लिन अहिले लन्डन आइ सक्नु भएको छ । यु के का बिभिन्न शहर हरु मा कार्यक्रम हरु तय भै सकेको कुरा संयोजक सुमन अधिकारि ले जानकारी गराउनु भएको छ ।
यसै गरि आउदो ५ तारिख मा ग्लासगो मा हुन् लागि रहेको यस सागेतिक कार्यक्रम को पनि लगभग सम्पूर्ण तयारी पुरा भै सकेको कुरा ग्लासगो नेपलिज एसोसियसन का महासचिब माधव भण्डारी ले जानकारी दिनु भयो धेरै जसो स्थानीय कलाकार को प्रस्तुति रहने यस पटक चाही दर्शक हरुको अत्यधिक माग का कारण सस्थाले रास्ट्रिय स्तर का कलाकार बोलाएर गर्न लागिएको हो र अहिलेको कार्यक्रम पहिलेका भन्दा फरक अनि स्तरीय हुने कुरामा कुनै शंका नगर्न भण्डारी ले प्रस्ट पार्नु भो ।
स्कटल्याण्ड बाट संचालित नेपाली वेब साइट www.scotnepal.com (स्कट नेपाल डट कम )यसको मुख्य प्रायोजक रहेको छ भने www.thoolapokhara.com (ठूलापोखरा डट कम) सह प्रायोजक बनेको छ । यसै गरि मेडिया पाटनर को रुपमा www.npnews.info रहेको छ ।
यस कार्यक्रम लाइ अत्यात्धिक सफल अनि ऐतिहासिक बनाउन को लागि ग्लासगो नेप्लिज एसोसियन ले आन्तरिक एबम बाह्य रुपमा भब्य तयारि गरि रहेको छ , गत आइतबार बसेको सस्था को बैठक मा १८ सदस्यीय स्वयं सेवक परि चालन गरिने भएको छ अनि सदा भन्दा सस्तो टिकट शुल्क जारी गरिने , र बिभिन्न सहयोगी व्यक्ति हरु लाइ सस्थाले सम्मानित गर्ने योजना पनि गरेको छ । अहिले सम्मकै सबै भन्दा स्तरीय अनि सफल पार्न सस्थाका सबै सदस्य सक्रिय रुपले लागि पार्नु भएको कुरा सोहि सस्थाका अध्यक्ष मोहन श्रेष्ठ ले जानाकारी दिनु भएको छ ।
सोहि कार्यक्रम लाइ लिएर मेरी बास्सै को शुटिंग पनि गर्ने तयारी भैरहेको कुरा जानकारी मा आए पनि अझै कति र कसरि गर्ने भन्ने बिसयमा छलफल भै रहेको कुरा पनि जानकारी मा आएको छ।जे होस् यो पटक को दशैं नेपालका ख्याती प्राप्त कलाकार को साथ् मा मनाउन पाइएकोमा स्कटल्याण्ड स्थित नेपाली हरु धेरै धेरै खुशी भएका छन्।यस्तो किसिमको सास्कृतिक शाझ को आयोजान गरेको यस नेप्लिज एसोसियन ले अब आउदा दिन मा धेरै भन्दा धेरै परोपकारी कार्य योजन।हरु पनि सार्बजनिक गर्न लागि रहेको कुरा सस्थाका अध्यक्ष मोहन श्रेष्ठ अनि महासचिब माधब भण्डारी ले जानकारी दिनु भएको छ।



