काठमाडौं । दशैको विदा सुरु भएसँगै राजधानी सुनसान बन्दै छ । घर फर्किनेहरुकोे भीड बसपार्कहरुमा देखिन थालेको छ । दैनिक झण्डै चार हजार सवारी साधन बाहिरिने गरेका छन् ।
आज शनिबार सार्वजनिक विदा भएकाले पनि अरु दिनको तुलनामा घर फर्किनेहरुको भीड बढेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डोलनाथ खनालका अनुसार यो बेलामा कंलकी कोटेश्वर र बल्खु नाकाबाट दैनिक १ लाख ५० हजार यात्रु बाहिरिने गरेका छन् ।
यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो आएपनि यातायात व्यवसायीले भने त्यस्तो नभएको बताउँछन् । मनपरी भाडा असुल्ने यातायात व्यवसायीलाई कारर्बाही गरिने महासचिव खनालले बताउनु भयो ।
RSS