– उमाकान्त पाण्डे गाउंले – दुबइ ,
बिदेशमा कार्यरत नेपाली द्वारा स्थापित ग्लोवल क्यापिटल इन्भेस्टमेण्ट कम्पनीले पहिलो वार्षिक उत्सव मनाएको छ ।
गत शुक्रबार दुबइको सिन्द पन्जाब रेस्टुरेन्टमा यूएईमा रहेका कम्पनीका सेयर होल्डर तथा शुभचिन्तकको उपस्थितीमा अन्तर्कृया गरी वार्षिक उत्सव मनाएको हो ।
“सगैंजाउ मिलेर जाउ” भन्ने नाराका साथ गैरआवसीय व्यवसायी तथा कम्पनीका वर्तमान अध्यक्ष देवमान हिराचनको पहलमा एक बर्षअघि ग्लोवल इन्भेष्टमेन्ट प्रा. लि. कम्पनी दर्ता भएको थियो ।
प्रवासमा रहेका गैरआवसीय नागरिक तथा स्वदेशी नागरिकहरु वीचमा छरिएर रहेको पूँजीलाई जम्मा गरी उद्योग, कृषि, शिक्षा, जडीबुटी उत्पादन तथा प्रशोधन, स्वास्थ्य जस्ता क्षेत्रमा लगानी गर्ने यस कम्पनीको प्राथमिकतामा रहेको छ ।
कम्पनीको प्रगतीको कामना गर्दै कार्यक्रममा अर्घाखाँची संपर्क समितिका अध्यक्ष राजु खड्का ,बाग्लुङ सेवा समाजका पिताम्बर पाण्डे, चितवन समाजका श्याम पोखरेल, नेपाली समाज यूएई दुबइ क्षेत्रिय समितिका रबिन्द्र लामा,एकता समाजका कृष्ण केसी, नेविसंघकी केन्द्रिय सदस्य
बिमला भट्ट, ब्यवसायी एवम समाजसेवी कृष्ण भुसाल लगायतले मन्तब्य राखेका थिए ।
सस्थाका बोर्ड सदस्य कृष्ण ढकालको अध्यक्षयता,पिताम्बर पाण्डेको स्वागत मन्तब्यमा भएको कार्यक्रमको सन्चालन गोपाल कंडेलले गरेका थिए।
कम्पनीका सस्थापक एवम गैरआवसिय नेपाली संघका अध्यक्ष देवमान हिराचनले पठाएको शुभकामना सन्देस पढेर सुनाइएको थियो। कम्पनीले अहिले सम्म गरेका काम तथा आगामी भाबी योजनाका बारेमा बोर्ड सदस्य तथा यूएई प्रमुख प्रतिनिधि कृष्ण ढकालले प्रकाश पारेका थिए ।
यस कम्पनीका सेयर सदस्य बढाउने तथा सानो पुजीहुनेहरुले पनि आफ्नो सेयर राखी आगामी दिनमा यस कम्पनीमा आबद्दहुनका लागि आग्रह गर्दै गर्दै ९ सदस्य सेयर समिति गठन गरिएको छ । सदस्य सख्या बढाउदै जाने प्रमुख प्रतिनिधि कुरा कृष्ण ढकाले जानकारी दिए ।
समितिको समयोजकमा गोपाल कंडेल तथा अन्य सदस्यमा क्रमश:राजु खड्का(अर्घाखाँची),पिताम्बर पाण्डे (बाग्लुङ),कृष्ण भुसाल(अर्घाखाँची), ,कृष्ण केसी(बाग्लुङ),प्रकाश जि.सी.(गुल्मी),श्याम पोखरेल(चितवन) रहेका छन।साथै बिमला भट्ट(गोरखा),र भुपती न्यौपाने(स्याङजा), रहेको जनाइएको छ ।