बुटवल – दशैँको बेला प्रहरीले सवारीसाधन चलाउनेलार्ई मादक पदार्थ सेवन (मापसे) जाँच अब दिउँसो पनि गर्ने भएको छ।
यसअघि प्रहरीले मापसे जाँच राति मात्र गर्दैआएको थियो।
चाडपर्वका बेला दिउँसै मापसे गरी लापरबाही ढङ्गले सवारी चलाउने धेरै पाइएकाले प्रहरीले दिउँसो पनि मापसे जाँच अभियान सञ्चालन गरेको लुम्बिनी अञ्चल प्रहरी प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक बमबहादुर भण्डारीले जानकारी दिए। रासस