दशैको मुखमा पूर्वपश्चिम राजमार्गमा स्कुटर दुर्घटना हुँदा १८ वर्षीय एक किशोरीको मृत्यु

सर्लाही – दशैको मुखमा पूर्वपश्चिम राजमार्गको महोत्तरी बाँके खण्डमा स्कुटर दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ ।

 

दुर्घटना मा १८ वर्षीय सम्झना कार्कीको मृत्यु भएको हो । स्कुटर अनियन्त्रित भई सडकबाट खसेको थियो ।

 

गम्भीर घाइते भएकी धनुषा ढल्केवर ६ की सम्झनाको मोडल अस्पताल लालबन्दीमा उपचारका क्रममा मृत्यु भएको सर्लाही ट्राफिक प्रहरीले जनाएको छ ।

 

बा१५प ९२०५ को स्कुटरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका दाजु बहिनीमध्ये चालक दाजुको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

 

– RSS

अन्य समाचारहरु