युद्द ग्रस्त देश अफगानिस्तानमा पनि नेपालीले दसैं मनाउने भएपछी खुशीयाली बड्यौ

– उमाकान्त पाण्डे गाउंले 



काठमाण्डौ – अफगानिस्तान जस्तो युद्द ग्रस्त क्षेत्रमा नेपालीले सामुहिक दसैं मनाउदै छन । सामुहिक रुपमा दसैं मनाउने भएपछी सबैमा खुशीयाली छाएको छ । 



दशैको टिका को दिन सामुहिक रुपमा नेपालीहरु जम्मा भएर टिका जमरा लाउने भएका छन । युद्द ग्रस्त मानिने मुलुकमा पनि नेपालीहरु एकै ठाउँमा भेला भएर आफ्नो पर्वलाई बिशेष कार्यक्रमका साथ मनाउने भएकाले त्यहा छरिएर रहेका सबै नेपाली एकजुट हुन लागेका हुन। 



रोजगारीका लागि नेपाली कामदारलाई जोखिम छ भनिदै आएको राष्ट्र अफगानिस्तानमा पहिलो पटक यसरी बडादसैं मनाउन लागिएको त्यहाकार्यरत नेपालीलेहरुले खुशीयालीको रुपमा लिएको प्रतिकृया दिए । 



फिडेक्स एक्सप्रेस नामक कम्पनीमा कार्यरत रुपन्देहीका राज भट्टराई,धादिङका हरि पाठक, र पोखराका बुद्द गुरुङ्ले प्रमुख आयोजना गरेको भए पनि अहिले त्यहा कार्यरत अन्य कम्पनीका नेपाली समुहहरुले पनि सहभागिता जनाउने र सहयोग गरेको जनाइएको छ । 



अहिले नेसनल एयर कार्गो कम्पनी(National Air Cargo),ईकोलग इण्टर नेशनल(Ecolog International),द एम ग्रुप (The Aim Group),सिनीपेर्हिल(sniperhill),रडिएफएस (DFS)डिएफएस जस्ता कम्पनीमा कार्यरत नेपालीले सकृयाता पुर्वक सहयोग गरेका छन।  



सामाजिक सन्जालहरु र विश्व संचारसस्था अर्घाखाँची डट्कम् मार्फत दुई दिन अघी सुचना प्रकाशन गरे लग्गतै अहिले सम्म २ सय भन्दा बडी नेपालीले संपर्क गरेर कार्यक्रममा उपस्थिती जनाउने बताएका छन । 



सामुहिक टिका एवम नेपाली परिकारका खाना खाएर महत्वपूर्ण चाड मनाउने योजना बनाइएको छ । कार्यक्रम विजयादशमीको दिन कार्तिक ८ गते बुधवार (अक्टोबर २४) तारिख बग्रममा हुने छ । एक आपसमा भाईचाराको बिकास गर्न र बिदेशमा एक्लो पन भएर नबस्नका लागि – सबै मिलेर दसैं सगैं मनाएर नेपालमै भएको झल्को दिलाउन दसैं को टिका जमरा तथा घरमै खसी ढालेर मनाउने भएकोले कार्यक्रममा आउन आयोजकले अनुरोध समेत गरेको छ । कार्यक्रममा ४० केजीको खसी ढाल्ने समेत तयारी गरिएको छ ।