काठमाडौं । ट्राफिक प्रहरीले चाडबाडमा मादक पदार्थ सेवन परीक्षणलाई तिव्रता दिएका कारण यस वर्ष दुर्घटना कम भएको जनाएको छ ।
प्रहरीले चाडबाडमा मादक पदार्थ सेवन गरी जथाभावी सवारी हाक्नेबाट दुर्घटना हुने गरेकाले यस बर्ष चाडबाडको समयमा बिहानैदेखि बेलुकीसम्म मादक पदार्थ सेवन परीक्षण गरेको जनाएको छ ।
प्रहरीले दशैको यस अवधिमै मादक पदार्थ सेवन गर्ने दुई हजार ९८ जनालाई पक्रेर ट्राफिक नियम अनुसार कारवाही गरिसकेको छ ।
उनीहरुलाई ट्राफिक नियमसम्बन्धि कक्षा सञ्चालन र एकहजार रुपैयाँ जरीवना गर्ने र मादक पदार्थ खाएर सार्वजनिक यातायातका साधन चलाएमा सार्वजनिक मुद्दा चलाइने ट्राफिक प्रहरीले जनाएको छ । चाडबाडमा मापसे जाँचमा कडाई गरिँदा दुर्घटना शून्य भएको दरवारमार्गस्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सीताराम हाछेथुले जानकारी दिनुभयो ।
चाडबाडको समयमा मादक पदार्थ सेवन परिक्षण गरेको यो पहिलो पटक हो । मापसे परीक्षण तीब्र बनाएपछि गत बर्ष जस्तो यस बर्ष सडकमा मादक पदार्थ सेवन गरी सवारी हाक्नेहरु पनि कम पाइयो ।
– RSS