दशैँको वेला पाँचथरका सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न वाध्य

पांचथर  । पाँचथरका अधिकांश कच्ची सडक मर्मत नहुँदा दशैँको वेला पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका छन् ।

 

वर्षात्को समयमा भत्किएका तथा खाल्डाखुल्डी परेका कच्ची सडकहरु मर्मतसम्भार नगरिँदा दशैँको बेला सर्वसाधरण जोखिमपूर्ण यात्रा गर्न वाध्य भएका हुन् ।

 

मापदण्ड विपरित निर्माण गरिएका सडक वर्षातको समयमा भत्किने र भास्सिने हुंदा सवारीसाधन आवतजावतमा निकै कठिनाई हुने गरेको छ ।

 

सडक मर्मतसम्भारका लागि रकम विनियोजन गरिएपनि अहिलेसम्म सम्वन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।

 

– RSS

अन्य समाचारहरु