दसैंको बेला फिदिम ताप्लेजुङ सडक अन्तर्गत पाँचथरमा एम्वुलेन्स दुर्घटना हुंदा एक जनाको मृत्यु, तीन जना घाइते

पांचथर  । दसैंको बेला फिदिम ताप्लेजुङ सडक अन्तर्गत पाँचथरको भारपा गाविस वडा नम्बर ८ मा आज विहान एम्वुलेन्स दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।

 

मृत्यु हुनेमा पाँचथर ओयाम ६ निवासी ३० वर्षिया धन कुमारी सेलिङ रहेकी छिन् । गम्भीर घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।


सेलिङलाई लिएर उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ गइरहेको एम्वुलेन्स तीव्र गतिका कारण दुर्घटनामा भएको जिल्ला प्रहरी कार्यालयले जनाएके छ ।

 

– RSS

अन्य समाचारहरु