हेटौंडा – मकवानपुर जिल्ला मनहरि गाविस-५ प्रतापपुरमा आज बिहान ३ बजे सोही वडा बस्ने ६० वर्षीय सुकबहादुर राईलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ।
सो बाघले तीन दिनअघि नै गाउँमा आक्रमण गर्न लागेको थियो। राईलाई गए राति गाईवस्तु जोगाउन गोठनजिक आगो बाली बसिरहेको अवस्थामा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
स्थानीय बासिन्दाले चितवन टिकौलीस्थित वन्यजन्तु आरक्षमा गई सो बाघबारे जानकारी गराएका थिए। रासस