पेपर मिल ब्यबस्थापनले १ सय २५ जना मजदुरलाइ एकैसाथ निष्काशन

सुनसरीको नरसिंह स्थित बाबा पेपर मिल ब्यबस्थापनले १ सय २५ जना मजदुरलाइ एकैसाथ निष्काशन गरेपछि मजदुरहरु आन्दोलित भएका छन् ।

दशै तिहारका बेला आफुहरुलाइ बेरोजगार बनाएको भन्दै मजदुरहरु पेपर मिल अगाडि बिहीवार देखि धर्ना र नारवाजी गर्दे बिरोध जनाएका छन् ।

 मिल संचालकले विना कारण आफुहरुलाइ एकसाथ दशै र तिहार जस्तो चाडवाडको मुखमा निष्कासन गरेको भन्दै उनीहरु आन्दोलित बनेको मधेशी जनअधिकार फोरम नेपाल निकट मधेशी श्रमिक कारखाना फोरम नेपालका नेता मनोज यादवले बताए ।

 मिल ब्यबस्थापनले लोडसेडिग र कच्चा पदार्थको आयातमा खर्च बढेको भन्दै मजदुरहरुलाइ एकैसाथ अबकास दिएको हो । कार्तिक ९ गतेदेखी लागु हुनेगरि मजदुरहरुलाइ अबकास दिइएको मजदुर नेता यादबले बताए ।

मिलका म्यानेजर सुकदेब यादबले पेपर मिलका लागि ९९ प्रतिसत कच्चा पदार्थ भारतवाट आयात गर्नुपर्ने र डिजेल तथा पेटोलको मुल्यबृद्धीका कारण कच्चा पदार्थ आयातमा खर्च बढेकोले धान्न सक्ने स्थिती नहुदा मजदुरलाइ अवकास दिइएको बताए ।

 

Source:Ekantipur

अन्य समाचारहरु