अमेरिकाको अलवामामा एक नेपालीको हत्या


 

काठमाडौं  । अमेरिकाको अलवामाको मोवाइलस्थित पेट्रोलपम्प सन्चालन गर्दै आएका दुई जना नेपालीमाथि लुटेराहरुले गोली चलाउँदा ताहाचल स्थायी घर भएका सुजन शाक्यको मृत्यु भएको छ ।

 

उनीसँगै रहेका अर्का नेपाली रोजिन मुल्मीको भने तीघ्रामा गोली लागेको छ ।

 

उनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । लुटेराहरुले पैसाको लोभमा गोली हानेको बताइएको छ । सन् २०१० मा डिभी परेर अमेरिका पुगेका उनीहरु विगत ७ महिनादेखि पेट्रोल पम्प सन्चालन गर्दै आएका थिए ।

 

– RSS