खस आर्य समाज युएईकॊ पहलमा प्रवासमा सामुहिक दशैं

एकेन्द्र थापा

 

युएई दुवई ।     गत शसुक्रवार दुवई स्थित एभरेष्ट होटलमा खस आर्य समाजले सम्युक्त रुपमा आयोजना गरेको टिका ग्रहण कार्यक्रममा हर्षोल्लासका साथ सम्पन्न कार्यक्रम प्रमुख अतिथी लगायत अतिथी सभापति लगायत ले दियो वालेर सुरु गरिएकोमा पुजापाठ गर्दै लक्ष्मण लगायतले मन्त्र पढेर उदघाटन गरिएको थियो  ।


  उक्त कार्यक्रमको सभापतित्व खस आर्य समाजका अध्यक्ष प्रकाश कौइरालाले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा लोकनाथ सुवेदि विषेश अतिथीको रुपमा चन्द्रवहादुर रोकाहा  पृथ्वी लाल पाण्डे अतिथीको रुपमा क्रमश डि एल शर्मा  भुपति न्यौपाने  गोपाल कडेल भिम कुमार अधिकारि तु_िल्सराम पौडेल कृण्ण गौतम  अर्चना वस्नेत एकेन्द्र थापा शंकर ज्ञवाली हुनुहुन्थ्यो भने गोपाल कडेलको स्वागत मन्तव्य वाट कार्यक्रम  अगााडि वढेको थियो।

 

  हुनत हामि दशैंमा नभएता पनि नेपालमा रहनु भएका तथा प्रवाशमा छरिएर रहनु भएका नेपालीहरु लाई विजया दशमीको हार्दिक मगंलमय शुभकामना तथा दुर्गा भवानीको आर्शिवादले सवैमा   सुख शान्ति दिर्घायु उत्तर रोत्तर प्रगतिको कामना सहित देशमा संविधान वनोस नेपालमा गएर दुख सुख कामगर्ने वातावरण वनोस यस वर्षको दशैं हर्षोउल्लास का साथ वितोष भन्दै यस्तो सामुहिक टिका ग्रहणको आयोजक कमिटीलाई धन्यवाद दिदैं उपस्थित अतिथीहरुले शुभकामना दिएका थिए । मन्तव्य सकिए लगत्तै जेष्ठताको आधारमा नेपाल वाट आउनु भएका ७५ वर्षिय पृथि लाल पाण्डे तथा दम्पति द्धारा उपस्थित सवैलाई टिका ग्रहण गराईएको थियो भने साथमा नेपाली परम्परा अनुसार प्रसाद को रुपमा सेल रोटि  चिउरा को साथ अचार र तरकारि खुवाईएको थियो जसमा हामि नेपालमा नभए पनि आफनो वुवा आमा सरहको व्यक्तिवाट यो प्रदेशमा टिका र आशिर्वाद लिन पाउदा सारै खुसि लागेको ।

 

 यसरि सामुहिक रुपमा दशैं मनाउन र नेपाली प्रतिको भावनालाई अझ राम्रो वनाउन खस आर्य समाजले खेलेको भुमिकालाई सफल वनाउन प्रवासको हकमा हातेमालो गर्दै जानु पर्छ भन्ने भावना लिएर लुम्विनी वेलफेअर सोसाईटि  स्याङजा सहयोग समाज वाग्लुङग सेवा समाज  गुल्मि सेवा समाज धादिङ समाज प्रत्यक्ष समलग्न रहेको कार्यक्रमको संचालन गिता मणि पाण्डेले गर्नु भएको थियो ।